Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०
नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराति निधन भएको छ । मृगौला रोगबाट पीडित खानको ४२ वर्षको उमेरमा गएराति मुम्बईस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृगौलासम्बन्धी रोगबाट पीडित भएर केही सातादेखि अस्पतालमा उपचारमा रहेका बेला उनमा कोरोना संक्रमण समेत देखिएको भारतको चर्चित पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ । बलिउडका दर्जनौं नायक नायिका तथा सिनेकर्मीहरु र उनका सुभेच्छुकहरुले उनको मृत्युको पुष्टि गर्दै उनलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिइरहेका छन् ।
पछिल्लो केहीदिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि खानलाई मुम्बईको एउटा अस्पतालमा भ्येन्टिलेटरको सहयोगमा उपचार थालिएको थियो । तर गएराति अबेर उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । बलिउड सुपरस्टार सलमान खानको दवाङ् नामक चलचित्रमा संगीत भरेका उनको चर्चा त्यसपछि चर्चा ह्वात्तै बढेको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन...
टीकापुर हत्याकाण्डका मुख्य नाईकेको खुट्टामा फलामे सिक्री देखेपछि प्रधानमन्त्री रुष्ट..
२०७६ असार ७ गते शनिबार
२२ जुन, २०१९ काठमाडौं । एक नाबालक सहित ९...
सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी
२०७७ श्रावण १ गते बिहिबार
१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...
Top