भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराति निधन भएको छ । मृगौला रोगबाट पीडित खानको ४२ वर्षको उमेरमा गएराति मुम्बईस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृगौलासम्बन्धी रोगबाट पीडित भएर केही सातादेखि अस्पतालमा उपचारमा रहेका बेला उनमा कोरोना संक्रमण समेत देखिएको भारतको चर्चित पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ । बलिउडका दर्जनौं नायक नायिका तथा सिनेकर्मीहरु र उनका सुभेच्छुकहरुले उनको मृत्युको पुष्टि गर्दै उनलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली दिइरहेका छन् ।

पछिल्लो केहीदिनयता उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि खानलाई मुम्बईको एउटा अस्पतालमा भ्येन्टिलेटरको सहयोगमा उपचार थालिएको थियो । तर गएराति अबेर उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । बलिउड सुपरस्टार सलमान खानको दवाङ् नामक चलचित्रमा संगीत भरेका उनको चर्चा त्यसपछि चर्चा ह्वात्तै बढेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...

देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

Top