Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफै कोरोना संक्रमित हुनुभएको छ । पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफै संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्व रिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ ।
निकै दुःखी र भावुक हुँदै नेपाल समाचारपत्रलाई उहाँले भन्नुभयो, आज बुधबार बिहान ८ बजेको समयमा घरमै एम्बुलेन्स पठाएर मलाई जनकपुरको प्रादेशिक अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । सरकार भन्छ कोरोना संक्रमितहरुका लागि अस्पतालमा सबै व्यवस्था राम्रो छ तर बीरेन्द्रलाई बिहान अस्पताल ल्याएदेखि साँझ ५ बजेसम्म कुनै स्वास्थ्यकर्मीले भेटेका सम्म छैनन् ।
‘एकजना कर्मचारीले सामाजिक दुरी कायम गरी दाल, भात, तरकारी दिए तर पिउने पानी थिएन । पानीको लागि चिनेजानेको साथीलाई गुहार्नुपर्यो । यहाँ न अस्पतालको वातावरण छ न कुनै बेडनै छ ,बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’ पत्रकारितामा लामो अनुभव सँगालेका रमणले भन्नुभयो ।

‘मलाई कोरोना संक्रमण भएको कुरा राति ११ बजे एकजना साथीले फोन गरेर जानकारी गराउनु भएको थियो, तर मैले पत्याइनँ । मैले उहाँलाई त्यस्तो नहोला भनें, माघको पहिलो साता मलाई हर्टयाट्याक भएपछि गंगालालमा उपचार गराएर औषधि खाइरहेको छु । म बिरामीनै भएका कारण भीडभाडमा पनि जान्नँ । मेरो जाने ठाउँ भनेको जिल्लाको नेपाल पत्रकार महासंघ या अफिस मात्र हो । फेरि बुधबार बिहान नेपाल पत्रकार महासंघ धनुषाका सभापतिले फोन गर्नुभयो र भन्नुभयो तपाईं घरबाहिर ननिस्किनु रे, प्रमुख जिल्ला अधिकारीले तपाईंको ट्रेसिङको बारेमा सोध्दै हुनुहुन्थ्यो भन्नुभयो ।’
रमणका अनुसार, वैशाखको पहिलो सातातिर नेपाली सेनाले पनि स्वाब नमूना लिएर उहाँको परीक्षण गरेको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो । ‘अहिले आफू मुटुरोगी पनि भएकोले स्वेच्छाले परीक्षण गराइहालौन त भनेर गराएको हो । मलाई कुनै कोरोना संक्रमणमा देखिने खालको ज्वरो, लामो समय सुख्खा खोकी लाग्ने केही देखिएको छैन । मैले मुटुको औषधि खाएका कारण सामान्य ख्यासख्यास लाग्ने गरेको हो भनेर डाक्टरले भन्दै आएका थिए ।
डाक्टरसँग सल्लाह गर्दा उहाँले तपाईको चेष्ट पनि क्लियर छ केही देखिदैन एनटीवायोटिक र एलर्जीको औषधि खानोस् भनेर खोकीको औषधि दिनुभयो । औषधि खाएपछि खोकी पनि रोकिएको छ । मुटुको रोगीले औषधि खाँदा सामान्य खोकी लाग्छ भनेर गंगालालका डाक्टरले जानकारी गराएका थिए । तीन दिन अघिबाट मात्र मैले औषधि खान शुरु गरेको हो । मैले खाँदै गरेको औषधिको फोटो खिचेर पठाएर डाक्टरलाई भेटी ब्लडप्रेसर पनि जँचाए ठीकै थियो ।’

‘अस्पतालमा पानी खानेसम्म सुविधा छैन भने मत झन बिरामी भैहाल्छुनि रुमलाईत यो कोरोनाले मार्छ मार्दैन थाहा छैन अरु समस्याले मार्छजस्तो भयो । अस्पतालमा आईसियूको सेवा भए पनि व्यवस्थित छैन’ रमण निकै आत्तिनुभएको छ ।
मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको लिष्ट सार्वजनिक गर्ने क्रममा वीरगञ्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने मन्त्रालयले मंगलबारै राति १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको अर्को लिष्टमा धनुषाका ४० वर्षीय अर्का व्यक्ति कोरोना संक्रमण भएको पुष्टि गरेको थियो, त्यो व्यक्ति पुराना र सक्रिय पत्रकार वीरेन्द्र रमण नै हुनुहुन्छ ।
निरन्तर धनुषा पत्रकार महासंघको अफिसमै बसेर काम गर्ने र समाचार संप्रेषण गर्ने काम गर्दै आएका पत्रकारका साथ अन्य २० जना र बाहिरी दुई जनाले स्वेच्छिक स्वाबको नमूना परीक्षणका लागि पठाएका थिए । तीमध्ये पीसीआर परीक्षणमा एकजना पत्रकार र पत्रकार महासंघ धनुषा रहेकै भवनमा स्टेशनरी पसल गर्ने अर्का युवामा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।
लकडाउनपछि पत्रकारहरुलाई समाचार सम्प्रेषणमा सहज होस भन्ने उदेश्यले धनुषा पत्रकार महासंले त्यहीबाट समाचार पठाउन कम्प्युटर, नेटको व्यवस्था गर्नुका साथै खानाको समेत व्यवस्था गर्दै आएको पत्रकाररमणले जनाउनुभएको छ । संक्रमित दुबैजनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखी उपचार भैरहेको छ ।
नेपालमा चीनको कोरोना उद्गमस्थलबाट नेपाल आएका पहिलो कोरोना संक्रमित युवा पनि धनुषा जनकपुरकै थिए । नेपाल समाचारपत्रले यसअघि उनको सामाजिक सुरक्षाका लागि ठेगाना परिवर्तन गरी नेपालगञ्ज भनेको थियो ।
(प्रस्तुत सामग्री हामीले न्यूजअफ नेपाल डटकमबाट साभार गरेका हौं । न्यूज अफ नेपाल डटकमका लागि भगवती तिमल्सिनाले यो सामग्री तयार गर्नुभएको हो । सं.)
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा नयाँ प्रकारको कोरोना संक्रमण देखिएसँगै युरोपका अधिकांश देशद्वारा हवाई उडानमा रोक
२०७७ पुष ७ गते मंगलबार
२२डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पछिल्ला दिनहरुमा कोरोना भाइसरका कडा...
छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड
२०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...
काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो
२०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना...
महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...
Top