कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार


कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफै कोरोना संक्रमित हुनुभएको छ । पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफै संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्व रिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ ।

निकै दुःखी र भावुक हुँदै नेपाल समाचारपत्रलाई उहाँले भन्नुभयो, आज बुधबार बिहान ८ बजेको समयमा घरमै एम्बुलेन्स पठाएर मलाई जनकपुरको प्रादेशिक अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । सरकार भन्छ कोरोना संक्रमितहरुका लागि अस्पतालमा सबै व्यवस्था राम्रो छ तर बीरेन्द्रलाई बिहान अस्पताल ल्याएदेखि साँझ ५ बजेसम्म कुनै स्वास्थ्यकर्मीले भेटेका सम्म छैनन् ।

‘एकजना कर्मचारीले सामाजिक दुरी कायम गरी दाल, भात, तरकारी दिए तर पिउने पानी थिएन । पानीको लागि चिनेजानेको साथीलाई गुहार्नुपर्‍यो । यहाँ न अस्पतालको वातावरण छ न कुनै बेडनै छ ,बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’ पत्रकारितामा लामो अनुभव सँगालेका रमणले भन्नुभयो ।

‘मलाई कोरोना संक्रमण भएको कुरा राति ११ बजे एकजना साथीले फोन गरेर जानकारी गराउनु भएको थियो, तर मैले पत्याइनँ । मैले उहाँलाई त्यस्तो नहोला भनें, माघको पहिलो साता मलाई हर्टयाट्याक भएपछि गंगालालमा उपचार गराएर औषधि खाइरहेको छु । म बिरामीनै भएका कारण भीडभाडमा पनि जान्नँ । मेरो जाने ठाउँ भनेको जिल्लाको नेपाल पत्रकार महासंघ या अफिस मात्र हो । फेरि बुधबार बिहान नेपाल पत्रकार महासंघ धनुषाका सभापतिले फोन गर्नुभयो र भन्नुभयो तपाईं घरबाहिर ननिस्किनु रे, प्रमुख जिल्ला अधिकारीले तपाईंको ट्रेसिङको बारेमा सोध्दै हुनुहुन्थ्यो भन्नुभयो ।’

रमणका अनुसार, वैशाखको पहिलो सातातिर नेपाली सेनाले पनि स्वाब नमूना लिएर उहाँको परीक्षण गरेको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो । ‘अहिले आफू मुटुरोगी पनि भएकोले स्वेच्छाले परीक्षण गराइहालौन त भनेर गराएको हो । मलाई कुनै कोरोना संक्रमणमा देखिने खालको ज्वरो, लामो समय सुख्खा खोकी लाग्ने केही देखिएको छैन । मैले मुटुको औषधि खाएका कारण सामान्य ख्यासख्यास लाग्ने गरेको हो भनेर डाक्टरले भन्दै आएका थिए ।

डाक्टरसँग सल्लाह गर्दा उहाँले तपाईको चेष्ट पनि क्लियर छ केही देखिदैन एनटीवायोटिक र एलर्जीको औषधि खानोस् भनेर खोकीको औषधि दिनुभयो । औषधि खाएपछि खोकी पनि रोकिएको छ । मुटुको रोगीले औषधि खाँदा सामान्य खोकी लाग्छ भनेर गंगालालका डाक्टरले जानकारी गराएका थिए । तीन दिन अघिबाट मात्र मैले औषधि खान शुरु गरेको हो । मैले खाँदै गरेको औषधिको फोटो खिचेर पठाएर डाक्टरलाई भेटी ब्लडप्रेसर पनि जँचाए ठीकै थियो ।’

‘अस्पतालमा पानी खानेसम्म सुविधा छैन भने मत झन बिरामी भैहाल्छुनि रुमलाईत यो कोरोनाले मार्छ मार्दैन थाहा छैन अरु समस्याले मार्छजस्तो भयो । अस्पतालमा आईसियूको सेवा भए पनि व्यवस्थित छैन’ रमण निकै आत्तिनुभएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको लिष्ट सार्वजनिक गर्ने क्रममा वीरगञ्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने मन्त्रालयले मंगलबारै राति १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको अर्को लिष्टमा धनुषाका ४० वर्षीय अर्का व्यक्ति कोरोना संक्रमण भएको पुष्टि गरेको थियो, त्यो व्यक्ति पुराना र सक्रिय पत्रकार वीरेन्द्र रमण नै हुनुहुन्छ ।

निरन्तर धनुषा पत्रकार महासंघको अफिसमै बसेर काम गर्ने र समाचार संप्रेषण गर्ने काम गर्दै आएका पत्रकारका साथ अन्य २० जना र बाहिरी दुई जनाले स्वेच्छिक स्वाबको नमूना परीक्षणका लागि पठाएका थिए । तीमध्ये पीसीआर परीक्षणमा एकजना पत्रकार र पत्रकार महासंघ धनुषा रहेकै भवनमा स्टेशनरी पसल गर्ने अर्का युवामा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।

लकडाउनपछि पत्रकारहरुलाई समाचार सम्प्रेषणमा सहज होस भन्ने उदेश्यले धनुषा पत्रकार महासंले त्यहीबाट समाचार पठाउन कम्प्युटर, नेटको व्यवस्था गर्नुका साथै खानाको समेत व्यवस्था गर्दै आएको पत्रकाररमणले जनाउनुभएको छ । संक्रमित दुबैजनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखी उपचार भैरहेको छ ।

नेपालमा चीनको कोरोना उद्गमस्थलबाट नेपाल आएका पहिलो कोरोना संक्रमित युवा पनि धनुषा जनकपुरकै थिए । नेपाल समाचारपत्रले यसअघि उनको सामाजिक सुरक्षाका लागि ठेगाना परिवर्तन गरी नेपालगञ्ज भनेको थियो ।
(प्रस्तुत सामग्री हामीले न्यूजअफ नेपाल डटकमबाट साभार गरेका हौं । न्यूज अफ नेपाल डटकमका लागि भगवती तिमल्सिनाले यो सामग्री तयार गर्नुभएको हो । सं.)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

COVID 19 TIME – SOME ENCOURAGEMENT COVID 19 TIME – SOME ENCOURAGEMENT

२०७७ श्रावण २३ गते शुक्रबार

Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको...

६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन ६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...

Top