पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०

लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका कारण निधन भएको छ । ६८ वर्षका शर्माको बेलायतको लण्डस्थित पट्नीस्स्थित आफ्नै घरमा बिहान ११ बजेतिर निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ बिहानी भ्रमणमा निस्केर घर आएलगत्तै मंगलबार असजिलो महसुस गरेका शर्माको एक्कासी घरमै निधन भएपछि परिवार अहिले शोकमा डुबेको छ । विहानी भ्रमणबाट घर आएर बिहानीको खाजा खाएलगत्तै अप्ठेरो भयो भन्दै एक्कासी बेहोस भएका शर्मा पछि उठेनन् ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यरत शर्माले २००८ को फेब्रुअरी तेश्रो हप्ता बेलायती महारानी एलिजाबेथ समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम अनुभव उनीसँग थियो । पूर्वी नेपलको भोजपुर जिल्लामा पर्ने दिङ्गलामा जन्मनुभएका शर्माका २ छोरा अमेरिकामा छन् । उनीहरु चिकित्सक पेशामा कार्यरत छन् ।

४० वर्षअघि नेपालको निजामती सेवामा प्रवेश गरेका शर्मा बेलायतमा रहेका नेपाली तथा विदेशीहरुमाझ सुपरिचित पूर्व कुटनीतिज्ञको रुपमा परिचित थिए । उनको अन्त्येष्टि बेलायतमा गर्ने वा अन्यत्र गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । छोराहरु अमेरिकाबाट लण्डन आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्ने निर्णयमा पुगिने लण्डनस्थित उनको आफन्तले जनाएको छ । शर्मा उहाँकी श्रीमतीसँग लण्डनमा बस्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा...

१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन १२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...

नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना...

कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित) कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

२०७६ चैत्र ३० गते आइतबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको...

Top