प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

Best Khabar Team | २०७९ फाल्गुन १४ गते आइतबार


२६ फेब्रुअरी, २०२३
जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा आउने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । मन्त्री पौडेले जेनेभा आउने लागि अन्तिम तयारीमा थिइन् ।

परराष्ट्रमन्त्री विमला राई पौडेल

मन्त्रालयले स्रोतका अनुसार उनले जेनेभा जानको लागि आवश्यक पर्ने सुटकेस तथा झोलाहरुको समेत तयारी गरिसकेकी थिइन् । तर जेनेभा उड्नको लागि काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल प्रस्तान गर्नु केही समयअघि मात्रै प्रधानमन्त्री दाहालले मन्त्री पौडेललाई फोन गरेर भ्रमण स्थगित गर्नको लागि निर्देशन दिएका हुन् । नयाँ राष्ट्रपति चयनका लागि एमाले बाहेकका अन्य आठ दलको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाललाई मन्त्रीपरिषद्बाटै पौडेलालाई स्वीट्जरल्याण्ड आउनका लागि रोक्न दबाब परेको थियो । आठदलीय गठबन्धनका तर्फबाट काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा प्रस्तुत गरेपनि एमालेले भने पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ्गलाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अघि सारेको छ ।

यो घटना क्रमसँगै एमालेलगायतका दलहरु एकातर्फ छन् भने आठ दलीय गठबन्धन अर्कोतर्फ रहेका छन् । जसका कारण एमालेभित्र पनि सरकारका सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्ने दबाब परेको छ । यही फेब्रुअरी २७ देखि मार्च २७ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुन लागेको ५२ औं सत्रमा यसअघि बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री पौडेललाई नेपाली नेतृत्वको प्रतिनिधित्व गर्दै जेनेभा पठाउने निर्णय गरेको थियो ।

परराष्ट्रमन्त्री पौडेलको भ्रमण रोकिएपछि परराष्ट्रमन्त्रालयले पूर्वकानूनमन्त्री गोविन्द बन्दीको नेतृत्वको टोलीलाई जेनेभा पठाएको छ । टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साललगायत सहभागी छन्। टोली भोलि जेनेभा आइपुग्ने छ ।

तर स्मरणीय के छ भने नेपाल मानवअधिकार सुरक्षा परिषद्को सदस्य राष्ट्रको रुपमा रहेको छ । यसैबीच प्रधानमन्त्री दाहालले पनि अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन कतार जाने कार्यक्रम स्थगित गरेका छन् । उनी आगामी शुक्रबार कतारको दोहा जाने कार्यक्रम रहेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय मृत्युपछि पनि अरुलाई संसार देखाउन कुलमानले गरे आँखादानको निर्णय

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । नेपालबाट पूर्णरुपमा लोडसेडिङ्ग हटाउने ‘उज्यालोका...

काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित) उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको...

Top