निलकण्ठ शोकमा, आज सार्वजनिक विदा

Best Khabar Team | २०७६ माघ ८ गते बुधबार


२२ जनवरी, २०२०
धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि यतिबेला सिँगो निलकण्ठ नगरपालिका शोकमा डुबेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ भुलभुलेका ७ जनाको हिजो धादिङ्गको मैदीमा भएको ट्रक दुर्घटनामा ज्यान गएपछि भूलभुले गाउँ शोकमा परेको हो ।

दुर्घटनामा एकै गाउँका ८ जनाको ज्यान गएपछि गाउँनै स्तब्ध छन् । आफ्ना घरका अभिभावक गुमाएपछि मृतकका आफान्तको रुवाबासी चलेको छ । अहिले दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारमा छिमेकी तथा आफन्तहरुको भिड लागेको छ । जिल्ला सदरमुकाम नजिकैको गाउँमा पुगेर मृतकका आफन्तलाई सान्त्वना दिनेहरु समेत भावुक देखिन्छन् ।

यसैबीच दुर्घटनामा एउटै गाउँका ७ जनाको निधन र १५ जना घाइते भएपछि निलकण्ठ नगरपालिकाले आज शोक मनाउन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारमा समवेदना जनाउन आज एक दिन नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दुर्घटनामा घाइते १५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना  पोजिटिभ बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

Top