Best Khabar Team | २०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०
धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि यतिबेला सिँगो निलकण्ठ नगरपालिका शोकमा डुबेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ भुलभुलेका ७ जनाको हिजो धादिङ्गको मैदीमा भएको ट्रक दुर्घटनामा ज्यान गएपछि भूलभुले गाउँ शोकमा परेको हो ।
दुर्घटनामा एकै गाउँका ८ जनाको ज्यान गएपछि गाउँनै स्तब्ध छन् । आफ्ना घरका अभिभावक गुमाएपछि मृतकका आफान्तको रुवाबासी चलेको छ । अहिले दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारमा छिमेकी तथा आफन्तहरुको भिड लागेको छ । जिल्ला सदरमुकाम नजिकैको गाउँमा पुगेर मृतकका आफन्तलाई सान्त्वना दिनेहरु समेत भावुक देखिन्छन् ।
यसैबीच दुर्घटनामा एउटै गाउँका ७ जनाको निधन र १५ जना घाइते भएपछि निलकण्ठ नगरपालिकाले आज शोक मनाउन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारमा समवेदना जनाउन आज एक दिन नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दुर्घटनामा घाइते १५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...
निलकण्ठ शोकमा, आज सार्वजनिक विदा
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली...
कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
Top