नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२०
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै वेला पनि उद्दार गर्ने बताउनुभयो ।उहाँले पर्यटकलाई विपत्ति हामीले चाडो सुरक्षा गर्न व्यवस्था मिलाएको समेत जनाकारी दिनुभयो ।

उहाँले अन्नपूर्ण पदमार्गमा पनि करिव दुई सय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताउनुभयो । उहाँले नेपाल भ्रमण बर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको समेत बताउनुभयो । उहाँले नेपाल भ्रमण बर्षले सवै लक्ष्य पुरा गर्न नसक्ने भन्दै भ्रमण बर्षलाई आधार बर्षको रुपमा मानेर एक दशक नेपाल भ्रमण बर्ष मनाउने सरकारको तयारी रहेको धारणा राख्नुभयो ।उहाँले पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको भन्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताउनुभयो । ‘पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सवै जातजाति भाषा सस्कृति झल्काउने फोटो रहेको छ’ उहाँले भन्नुभयो, ‘पुस्तकमा रहेका फोटो हेरेर पर्यटक नेपाल घुम्ने ठाउँको छनौट गर्ने छन ।’

उहाँले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कुटनीतिक नियोगमा पनि पु-याउनुपर्ने भन्दै भ्रमण बर्ष सफल बनाउने पुस्तकको भूमिका समेत रहने बताउनुभयो । कार्यक्रममा नेपाल भ्रमण बर्ष–२०२० का सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालको सवै भाषा, धर्म, सस्कृति, पर्यटक गन्तव्य उल्लेख गरिएकोले पर्यटक नेपाल बुझ्न सजिलो हुने बताउनुभयो । उहाँले पुस्तकले भ्रमण बर्षको प्रचारप्रसारमा समेत सहयोगि भूमिका खेल्ने बताउनुभयो । समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण बर्षको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री भट्टराईले सास्कृतिक ताथ पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितमा कपिलवस्तुस्थित कान्तिपुर दैनिकका मनोज पौडेलले प्रथम स्थान हासिल गरी रु २५ हजार राशीको पुरस्कार साथै प्रमाणपत्र पाउनु भएको थियो । यसैगरी मुगुका कविराज कार्की द्धितिय भई नगद रु २० हजार र सुनिल शर्माल तृतिय भई नगद रु १५ हजार सहित पुरस्कार पाउनु भएको थियो ।

यसैगरी प्रदेश नं.१ वाट भवानी शिलाकार, प्रदेश नं. २ वाटा सुशिल श्रेष्ठ, वागमति प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कडेल, प्रदेश नं. ५ वाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतवहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोद सिंह विष्टले प्रदेश स्तरिय उत्कृष्ट फोटो पुरस्कार पाउनु भएको छ ।

उहाँहरु सवैले रु १० हजार रुपिया सहित पुरस्कार पाउनु भएको हो । समूहका महासचिव प्रदीपराज वन्तका अनुसार पुस्तकमा समूहका सदस्य तथा फोटोपत्रकार र फोटोग्राफरहरुले नेपालको सस्कृति, कला, पर्यटन झल्कने खालका फोटो विभिन्न समयमा खिचेका करिव २०० रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तेश्रो पटक  चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

२०७९ फाल्गुन २७ गते शनिबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...

भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...

Top