बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका कारण विश्वभरको अर्थतन्त्र नराम्ररी खुम्चनु परेको छ । छिमेकी मुलुक भारत र नेपाल पनि यसको चपेटाबाट अछुतो रहन सकेका छैनन् । भारतमा कोरोना संक्रमणलाई मध्जनजर गर्दै जारी गरिएको लकडाउन लम्बँदै गर्दा लाखौं मजदुरले रोजगारी गुमाएका छन् । त्यसमा केही हजार हिस्सा नेपाली मजदुरको पनि छ । भारतमा रोजगारीका लागि गएका हजारौं मजदुरहरु यतिबेला जोखिम मोलेर नेपाल फर्किरहेका छन् । उनीहरु दोहोरो जोखिममा छन् ।

एक त उनीहरुले वर्षौदेखि खाईपाई आएको रोजगारी गुमाएका छन् भने अर्कोतर्फ कोरोनाको जोखिमसँगै लिएर आएका छन् । रोजगारी नखोसिएका मजदुरहरु अझै केही महिना आफ्नो काममा फर्कनका लागि भारत जान सक्ने अवस्थामा छैनन् । यता नेपालमा रोजगारीका लागि आएका हजारौं भारतीयहरुले पनि अहिले कोरोनाका कारण जागिर गुमाएर वा बाध्यताबस भारत फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना र लकडाउनपछि हजारौंको संख्यामा भारतीय नागरिकहरु नेपाल छाडेर भारत गएका छन् । मजदुहरु मात्रै होइनन् उद्योगी तथा व्यवसायीहरु पनि लकडाउनको मारमा परेका छन् ।

तर यसबीचमा बुटवलका केही उद्योगी व्यवसायीले भने नयाँ सोच र अवधारणा अघि सारेका छन् । जुन देशका अन्य क्षेत्रका उद्योगी व्यवसायीले पनि अनुशरण गर्न सकेको खण्डमा लाखौ नेपालीलाई नेपालभित्रै रोजगारी दिन सकिने अवस्थ सिर्जना हुने देखिन्छ । यसको फाइदा धेरै छ । एक त नेपाली कामदारले कामकै लागि विदेसिनुपर्ने अवस्था आउँदैन भने अर्को व्यवसायीहरुले पनि महँगो मूल्य तिरेर भारतबाट कामदार नेपाल ल्याउनुपर्ने बाध्यता हुँदैन । नेपालमा कमाएको रकम नेपालमै खर्च हुन्छ । यसले अर्थतन्त्र उकास्न पनि ठूलो भूमिका खेल्दछ । अब लाखौं प्रस्तुत सामग्रीको मुख्य विषयतर्फ ।

रुपन्देहीको देवदहमा रहेको ‘सनब्रिक्स नामक इँटा उद्योग’ र बुटबलको मिलनचोकमा रहेको ‘ओको’ फर्निचरले भारतमा रोजगारी गुमाएर नेपाल फर्किएका दक्ष तथा अर्धदक्ष मजुरहरुलाई रोजगारी दिने घोषणा गरेका छन् । अदक्षलाई सीप सिकाउने एवं अर्धदक्ष तथा दक्ष मजदुरलाई सिधै रोजगारीका लागि प्रस्ताव गरिएको इँटा तथा र फर्निचर उद्योगका सञ्चालकको भनाई छ । ओको फर्निचरका प्रवन्ध निर्देशक बासुदेव श्रेष्ठले अहिलेको अवस्थामा रोजगारी गुमाएर फर्केका मजदुरको अवस्था कठिन भएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारीको अवसर दिन यस्तो व्यवस्था गर्न लागिएको बताए ।

कम्पनीसम्बद्ध व्यक्तिले सामाजिक सञ्जालमा राखेको सूचना ।

उनले आफ्नो फर्निचर उद्योगमा लकडाउन अघिसम्म दैनिक एकदर्जन भारतीय मिस्त्री तथा हेल्परले काम गरिरहेको र उनीहरुले दैनिक १ हजार देखि १९ सयसम्म पारिश्रमिक बुझ्ने गरेको बताए । तर नेपालकै दक्ष व्यक्तिलाई काम दिन सकिएको अवस्थामा एक त नेपाली कामदारले स्वदेशमै काम गर्न पाउने र अर्को उसको सीपको समेत उचित सम्मान हुने सोचले यो योजना अघि सारिएको बताए । यस्तै रुपन्देहीको देबदहमा रहेको सनब्रिक ईँटा उद्योगले पनि लकडाउन अघिसम्म करिब ७० जना भारतीय र ३० जना नेपाली गरी करिब १ सय कामदारलाई रोजगारी दिँदै आएको थियो । लकडाउनका कारण अहिले उद्योग बन्द अवस्थामा रहेकोले सबै भारतीय कामदार स्वदेश फर्केका छन् ।

अब लकडाउन खुकुलो भएपछि भारतमा रोजगारी गुमाएर नेपाल फर्केका र इटाँ उद्योगमा काम गर्न चाहने नेपाली मजदुरका लागि अवसर दिन सकिने उद्योगको भनाई छ । उद्योगका राजन सेन्चुरीले नेपाली कामदारप्रति सम्मान व्यक्त गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले लिएको लक्ष्यमा सेवा पु-याउने प्रयास स्वरुप स्वदेशी कामदारलाई अवसर दिन लागिएको बताए । आफूहरुले जस्तै देशका हरेक क्षेत्रका उद्योग र व्यवसायीहरुले सकेसम्म स्वदेशी कामदारलाई नै काम दिन सकेको खण्डमा कोरोनाले निम्ताएको बेरोजगारीको समस्या धेरैहदसम्म समाधान हुने श्रेष्ठ र सेन्चुरीको भनाई छ । दुबै कम्पनीले सामाजिक सञ्जालमार्फत् यस्ता दक्ष तथा अर्धदक्ष मजदुरले सम्पर्क गर्न सकिने बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...

Mount Kailash  & Mystery Mount Kailash & Mystery

२०८० कार्तिक ६ गते सोमबार

– Mohit Borisagar / Known to be the abode...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

Top