Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०
न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेद्वार जो वाइडेनले मतगणनामा अग्रता लिएका छन् । हालै सम्पन्न राष्ट्रपतिय चुनावमा खसेको तथा हुलाक मार्फत् पठाइएको मतको पछिल्लो गणना अनुसार वाइडेनको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल बन्दै गएको हो ।
हालसम्म प्राप्त मत परिणाम अनुसार जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जीत नजिक पुगेका छन् । केही राज्यहरुको चुनावी विवरण सार्वजनिक हुन बाँकी रहेपनि ती राज्यहरुका खसेको भोट र उनको पक्षमा देखिएको जनलहरका कारण उनले चुनाव जित्ने सम्भावना प्रबल बनेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो पटक विशेष गरी जर्जिया र पेन्सिलभेनियामा हुलाकबाट पोष्ट गरिएको मतको गणनामा उनको पक्षमा व्यापक रुपमा भोटको लहर देखिन थालेको हो । यद्यपि यसअघि विभिन्न राज्यमा खसेको मत तथा हुलाकबाट प्रेषित गरिएको मतको परिणाममा पनि बाइडेन ट्रम्पभन्दा अग्रपंक्तिमा देखिँदै आएका छन् ।
विजयी हुनका लागि २७० इलेक्टोरल भोटको आवश्यका पर्ने भएपनि उनको पक्षमा ३ सय बढी इलेक्टोर भोट पुग्ने अनुमान पर्यबक्षकहरुले गरेका छन् । यसका अलावा उनका प्रतिद्वन्दी ट्रम्पको मत भने झण्डै एक सयले कम हुने अनुमान गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषगरी आप्रबासीको हक अधिकारलाई व्यापक कटौटी गर्दै उनीहरुलाई देश निकाल्नेसम्मका कानुन बनाउन थालेपछि आप्रबासीहरु उनीप्रति रुष्ट बन्दै आएका थिए ।
जसको फलस्वरुप यो पटक उनले चुनावमा अप्रत्यासीत रुपमा हार बेहोर्नुपर्ने अवस्था सिर्जना भएको हो । यद्यपि चुनावको औपचारिक घोषणाका लागि भने अझै केहीदिन कुर्नुपर्नेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग
२०७७ पुष ५ गते आइतबार
२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा...
बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका...
रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...
Top