लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


१० जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले भोलिदेखि नै लागू हुने गरी लामो दुरी बाहेकका निजी गाडीहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसका लागि जोर विजोर प्रणाली लागू हुने सरकारको भनाई छ ।

फाइल तस्वीर

यस्तै सरकारले भोलिदेखि नै आवश्यक सुरक्षा सावधानी अपनाएर निजी पसलहरु खोल्न दिने बताएको छ । कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै सरकारले गएको चैत्र ५ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । जसका कारण सिँगो मुलुकमा अत्यावश्यक सेवाका सवारी साधन तथा तथा पसलहरुमात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समयमा लकडाउनका कारण जीवन धान्नै अप्ठेरो परेको भन्दै मजदुर तथा व्यवसायीहरुले लकडाउन खुकुलो बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सरकारले देशका विभिन्न जिल्लामा कोरोना संक्रमण जारी रहेको भन्दै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने लामो दुरीका गाडीहरु भने तत्काल सञ्चालनमा ल्याउन नदिने निर्णय गरेको छ । लकडाउन खुकुलो बनाउने निर्णयसँगै त्यसको मोडालिटी पनि सरकारले तयार गरेको छ । मोडालिटीबारे विस्तृत जानकारी भोलि सार्वजनिक गर्ने तयारी सरकारको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित) अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

२०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...

Top