Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले भोलिदेखि नै लागू हुने गरी लामो दुरी बाहेकका निजी गाडीहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसका लागि जोर विजोर प्रणाली लागू हुने सरकारको भनाई छ ।

यस्तै सरकारले भोलिदेखि नै आवश्यक सुरक्षा सावधानी अपनाएर निजी पसलहरु खोल्न दिने बताएको छ । कोरोना भाइरसको संक्रमण बढ्नसक्ने भन्दै सरकारले गएको चैत्र ५ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेको थियो । जसका कारण सिँगो मुलुकमा अत्यावश्यक सेवाका सवारी साधन तथा तथा पसलहरुमात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समयमा लकडाउनका कारण जीवन धान्नै अप्ठेरो परेको भन्दै मजदुर तथा व्यवसायीहरुले लकडाउन खुकुलो बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
सरकारले देशका विभिन्न जिल्लामा कोरोना संक्रमण जारी रहेको भन्दै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने लामो दुरीका गाडीहरु भने तत्काल सञ्चालनमा ल्याउन नदिने निर्णय गरेको छ । लकडाउन खुकुलो बनाउने निर्णयसँगै त्यसको मोडालिटी पनि सरकारले तयार गरेको छ । मोडालिटीबारे विस्तृत जानकारी भोलि सार्वजनिक गर्ने तयारी सरकारको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने
२०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...
स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...
सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
Top