बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो

Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार


३१ मे, २०२०
मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । सुदरपश्चिमस्थित सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारमा रहेकी ती बालिकाको आज बिहान अस्पतालमै निधन भएको हो ।

जिल्लास्थित स्वास्थ्य निर्देशकलेपनि घटनाको पुष्टि गरेका छन् । केहीदिनअघि स्वास्थ्यमा समस्या देखिएपनि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उनको ज्यान गएको हो ।

४ दिन अघि उनको स्वाब परीक्षणका लागि धनगढीमा पठाइएको रिपोर्ट पोजेटिभ आएको । यो रिपोर्टसँगै उनको कोरोना संक्रमणकै कारण ज्यान गएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने घटनाको पुष्टि गरिसकेको छैन ।

बालिकासँगै उनकी आमा र बाबुको पनि स्वाब परीक्षणको रिपोर्ट आएको छ । उनकी आमामा कोरोना संक्रमण भेटिएको छ भने बाबुको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर) पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...

प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित) प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित)

२०७७ फाल्गुन ११ गते मंगलबार

२३ फेब्रुअरी, २०२१काठमाडौं । सर्वोच्च अदालतले विघठित प्रतिनिधि सभालाई...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

Top