Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०
मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । सुदरपश्चिमस्थित सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारमा रहेकी ती बालिकाको आज बिहान अस्पतालमै निधन भएको हो ।
जिल्लास्थित स्वास्थ्य निर्देशकलेपनि घटनाको पुष्टि गरेका छन् । केहीदिनअघि स्वास्थ्यमा समस्या देखिएपनि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उनको ज्यान गएको हो ।

४ दिन अघि उनको स्वाब परीक्षणका लागि धनगढीमा पठाइएको रिपोर्ट पोजेटिभ आएको । यो रिपोर्टसँगै उनको कोरोना संक्रमणकै कारण ज्यान गएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने घटनाको पुष्टि गरिसकेको छैन ।
बालिकासँगै उनकी आमा र बाबुको पनि स्वाब परीक्षणको रिपोर्ट आएको छ । उनकी आमामा कोरोना संक्रमण भेटिएको छ भने बाबुको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...
कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...
Top