Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र नियन्त्रणका लागि सरकारले विभिन्नखाले कार्यक्रमहरु अघि सारेको छ । कोरोना संक्रमण नियन्त्रण तथा पूर्वतयारी विशेष समितिको आज बसेको बैठकले तत्कालका लागि विद्यालयबन्द गर्नेदेखि विदेशबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउनेसम्मका छन् । यद्यपि समितिले आसन्न इसीसी परिक्षा भने पूर्ववत समयमै सञ्चालन हुने जनाएको छ ।
सरकारले आज गरेको निर्णय अनुसार विदेशबाट आउने सबै विमान तथा यात्रुहरुलाई आगामी मार्च २० तारिख पछाडिबाट नेपाल प्रवेश गर्न दिइने छैन । यस्तै विद्यालयहरु चैत्र महिनाभरका लागि बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसका अलावा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ ।
यस्तै २५ जना भन्दा बढी मानिसहरुलाई एकै ठाउँमा भेला नहुन, डिस्को, डान्स, सिनेमाघरलगायतका बढि मानिसहरुको भेलाहुने ठाउँ पनि आजैरातिदेखि बन्द गर्न सरकारले निर्देशन गरेको छ । यस्तै सवारी साधनमा सिटसंख्याभन्दा बढी यात्रु राखेर यात्रा नगर्न तथा नगराउन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
यी सबै विषयमा नियमक निकाय तथा प्रहरीले अनुगमन गरी नियम मिच्नेलाई कडा कारबाही गर्ने जनाएको छ । हेर्नुस् सरकारले कोरोना नियन्त्रणका लागि गरेको १५ बुँदे निर्णयः


स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...
भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...
रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...
Top