Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ अप्रिल, २०२०
गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता पुगेका रौतहटका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका रतनथान यादव (नाम परिवर्तन) ले सरकारले तोके अनुसार १४ दिनको क्वारेन्टाइन स्थानीय चन्द्रपुरमा विताए । घर परिवारलाई पाल्नका लागि रोजगारी गर्नु रतननाथको बाध्यता थियो । त्यसैले उनले भारत जाने सोच बनाए । अनि विगत २ वर्षदेखि उनी भारतमै मजदुरी गर्दै आइरहेका छन् ।
तर विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव बढ्दै गएपछि उनी उनै परिवार सम्झेर घर फर्के । उनी १ महिना अघि भारतको कोलकत्ताबाट नेपाल फर्केका थिए । गाउँमा त्यतिबेला विदेशबाट आउनेहरुको सूची संकलन र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम शुरु भै सकेको थियो । रतननाथ नि सरकारको नियमलाई पालना गर्दै २ साता क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा रहँदा दिनहुँजसो उनको शरीरको तापक्रम लिनेदेखि अन्य सबै चेकजाँच पनि भयो । तर उनमा न कोरोनाका लक्षण देखियो न संक्रमण नै । त्यसपछि चिकित्सकको टोलीले उनलाई क्वारेन्टाइनबाट घर जान अनुमति दिए ।
फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।
फेरि पछि गाउँमा दोहो-याएर कोरोना टेस्ट गर्ने अभियान चल्यो । काठमाडौंबाट टोली नै पुग्यो । त्यसमा रतननाथ जस्ता व्यक्तिहरु जो पछिल्लो एक महिनाअघि विदेशबाट आएका थिए, उनीहरुलाई सहभागी गराईयो । तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।
“तर अचम्म के भयो भने जनकपुरबाट आएको चिकित्सकहरुको टोलीले गरेको परीक्षणमा रतननाथमा कोरोनाको संक्रमण पोजेटिभ देखियो । त्यसपछि पटक पटक उनको जनकपुर अञ्चल अस्पतालमा पनि स्वाब परीक्षण भयो । त्यसमा पनि उनमा कोरोना (कोभिड १९) को पोजेटिभ रिपोर्ट आयो । त्यसपछि त्यसको निक्यौल गर्नका लागि काठमाडौंबाट आएको चिकित्सकहरुको टोलीले नमुना काठमाडौं लिएर गयो ।नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । ’’
नमुना परीक्षणका क्रममा काठमाडौंको टेकु अस्पतालले रतननाथमा कोरोना पोजेटिभ भएको पुष्टि गरिदियो । यसपछि रतननाथ छाँगाबाट खसेजस्तो भए । किनकी उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर क्वारेन्टाइनमा बस्ने मात्रै गरेका थिएनन् । घरमा रहँदा पनि उनी सकेसम्म सामाजिक दुरी कायम गर्दै बस्दै आएका थिए । अहिले उनलाई जनकपुर अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचारार्थ भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।
रतनथानको यो घटना पछि क्वारेन्टाइनमा निश्चित समय विताएर घर फर्केकाहरुमा पनि कोरोनाको जोखिम कायमै रहने नयाँ तथ्य फेला परेको चिकित्सकहरु बताउँछन् । उनीसँगै सोही स्थानमा क्वारेन्टाइनमा रहेका देवाही गोनाही १ का ३५ वर्षका थप एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित गोनाहीका युवक भने हाल चन्द्रपुरको क्वारेन्टाइनमै रहेका छन् । रौतहटका यी दुई युवकमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । यस्तै हालसम्म उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्याका १६ पुगेको छ ।
२०७६ चैत्र २५ गते मंगलबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
२०२६ पुष १७ गते बिहिबार
१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक...
२०७७ जेठ २१ गते बुधबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
२०७७ भाद्र २१ गते आइतबार
०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९)...
Top