सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका र मगन्ते मुक्त देश भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेपालका सडकमा अब अब भिख माग्ने मान्छे र वेवारिसे अवस्थामा बसेका सडक बालबालिकालाई देख्न नपाईने दाबी गरे ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सडक बालबालिका र सडकमा भिखमाग्ने मान्छेहरु परेकोले अब यो अभियानले सार्थकता पाएको बताए । उनले भने –“कोरोनाको महामारीपछि माननीय ज्यूहरु विश्वका विभिन्न देशमा पुगेर प्रबचन दिनुहन्छ होला । त्यतिबेला गर्वका साथ भन्नुहोला नेपाल अब भिखारी र सडक बालबालिका मुक्त देश भयो भनेर ।’’ प्रधानमन्त्री ओलीले अब मुलुकमा कसैले भीख मागेर खान नपर्ने र सडकमा मागेर बस्ने तथा वेवारिसे बालबालिकालाई समेत देख्नु नपर्ने बताए ।

सरकारले जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न विषयलाई विशेष महत्वका साथ हेरिरहेको भन्दै भोलिका दिनमा अब कामकै लागि विदेश जाने अवस्था नआउने उनको दाबी छ । रुकुम घटना तथा क्वारेन्टाइनमा महिला बलात्कृत भएको दुबै घटना दुःखद भएको भन्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्ने स्पष्ट पारे ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

नेपालमा कोरोना :  ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए नेपालमा कोरोना : ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२...

बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...

भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग  शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन

२०७७ बैशाख २२ गते सोमबार

०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...

Top