Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका र मगन्ते मुक्त देश भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेपालका सडकमा अब अब भिख माग्ने मान्छे र वेवारिसे अवस्थामा बसेका सडक बालबालिकालाई देख्न नपाईने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सडक बालबालिका र सडकमा भिखमाग्ने मान्छेहरु परेकोले अब यो अभियानले सार्थकता पाएको बताए । उनले भने –“कोरोनाको महामारीपछि माननीय ज्यूहरु विश्वका विभिन्न देशमा पुगेर प्रबचन दिनुहन्छ होला । त्यतिबेला गर्वका साथ भन्नुहोला नेपाल अब भिखारी र सडक बालबालिका मुक्त देश भयो भनेर ।’’ प्रधानमन्त्री ओलीले अब मुलुकमा कसैले भीख मागेर खान नपर्ने र सडकमा मागेर बस्ने तथा वेवारिसे बालबालिकालाई समेत देख्नु नपर्ने बताए ।
सरकारले जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न विषयलाई विशेष महत्वका साथ हेरिरहेको भन्दै भोलिका दिनमा अब कामकै लागि विदेश जाने अवस्था नआउने उनको दाबी छ । रुकुम घटना तथा क्वारेन्टाइनमा महिला बलात्कृत भएको दुबै घटना दुःखद भएको भन्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्ने स्पष्ट पारे ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...
युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...
Top