Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०
विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी वर्षका क्यालेन्डर आजदेखि फेरिएका छन् । सन् २०१९ औपचारिक विदाई तथा सन् २०२० औ स्वागतका लागि यतिबेला विश्वभर विभिन्न कार्यक्रम भै रहेका छन् । नेपालपूर्वका देशहरुमा भव्यरुपमा नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु भएका छन् भने नेपाल पश्चिमका युरोप, अमेरिका, क्यनडालगायतका देशमा नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार बुधबारबाट इस्वीसम्वत् २०१९ को औपचारिक विदाई र २०२० को औपचारिक शुरु भएको छ । नयाँ वर्षलाई विश्वभर आतिशबाजीका साथ स्वागत गरिएको छ । उत्तर कोरियादेखि अस्ट्रेलिया, जर्मनीदेखि अमेरिकासम्म विभिन्न कार्यक्रम गरेर नयाँ वर्षलाई स्वागत गर्ने क्रम जारी छ । नेपालमा समेत नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालमा बैशाख १ गतेदेखि औपचारिक रुपमा नयाँ वर्ष शुरु हुने गरेपनि पछिल्ला वर्षहरुमा अँग्रेजी नयाँ वर्ष बनाउनेहरुको संख्या बाक्लो देखिन्छ । नयाँ वर्ष २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको औपचारिक शुरु भएसँगै पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्थाले पर्यटकहरुलाई मध्यनजर गर्दै विभिन्न खाले योजनाहरु अघि सारेका छन् । इसाई धर्मगुरु जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वीसनको शुरुवात भएको भएपनि पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन नयाँ वर्ष भनिन्छ ।

नयाँवर्षका दिनदेखि विगतका असफलता तथा कमजोरीलाई मूल्यांकन गर्दै नयाँ संकल्प तथा प्रतिज्ञा गर्ने प्रचलन समेत रहि आएको छ । नयाँ वर्षका दिन बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, परिवार सँगै बसेर मिठो खाने, रमाईलो गर्ने, साथीभाई तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने प्रचलन समेत रहेको छ । नेपाली आकाशमा भने नयाँ वर्ष २०२० को घाम घुल्किसकेको छ । नयाँ वर्ष २०२० को अवसरमा हामी हाम्रा पाठकवर्ग, विज्ञापनदातालगायत समस्त महानुमाहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...
पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...
Top