Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१
काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो ।

फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान फागनु ८ गतेसम्म जारी रहने सरकारको भनाई छ । विशेष गरी पहिलो चरणमा खोप लगाएहरुले यसअघि खोप लगाएकै खोप केन्द्रमा पुगेर खोप लगाउन पाउने छन् । तर त्यसका लागि पहिलो डोज खोप लगाएको कार्ड भने अनिवार्य रुपमा देखाउनुपर्ने छ ।
सरकारले भारतबाट प्राप्त कोरोना विरुद्धको भ्याक्सिनको पहिलो डोज कोरोना विरुद्ध अग्रमोर्चामा खटिने स्वस्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, एम्बुलेन्स चालकलगायतका प्राथमिकताको सूचीको पहिलो नम्बरमा परेकाहरुलाई लगाउने काम शुरु गरिसकेको छ । दोश्रो चरणको खोपको डोज केहीदिनमै काठमाडौं आइपुग्ने भन्दै सरकारले काठमाडौं आएको खोपलाई विभिन्न प्रदेशस्थित यसअघि तोकिएका खोप केन्द्रमा पु-याउने जनाएको छ ।
खोप सम्बन्धित खोप केन्द्रमा फागुन २ भित्रै पु¥याउने तयारी सरकारले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र...
अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार
२०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...
भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति
२०७७ माघ २ गते शुक्रबार
१५ जनवरी, २०२१काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै...
नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...
Top