Best Khabar Team | २०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०
तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको तिलौराकोटस्थित मायादेवी मन्दिर आजबाट सर्वसाधारणका लागि पुनः कुला गरिएको छ । गएको चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै आम सर्वसाधारणका लागि मन्दिर प्रवेशमा रोक लगाएकोमा आवश्यक सुरक्षा सावधानी अपनाएर भक्तजनका लागि पुनः मन्दिर आजबाट खुल्ला गरिएको हो ।

स्वदेशी तथा विदेशी पर्यटकको केन्द्रको रुपमा रहेको यो क्षेत्रमा वर्षेनी विदेशबाट समेत लाखौ) बौद्द तथा अन्य धर्मावलम्बी पर्यटकहरु आउने गरेका थिए । तर मन्दिर बन्द हुँदा विगत ८ महिनादेखि फाट्टफुट्ट स्वदेशी पर्यटकबाहेक अन्य पर्यक यहाँ आएका छैनन् । जसका कारण यस क्षेत्रका होटल तथा रिसोर्ट तथा अन्य पर्यटक केन्द्रीत व्यवसायहरु चरम आर्थिक चपेटामा पर्दै आएका थिए । व्यवसायीहरुले यसअघि पनि सरकारलाई निश्चित मापदण्ड पुरा गरेर मन्दिरमा दर्शनार्थी तथा पर्यटक आउने वातावरण बनाउनका लागि सरकारलाई आग्रह गरेको भएपनि सरकारले यसको सुनुवाई गरेको थिए ।
आज सरकारका पर्यटन तथा संस्कृति मन्त्री योगेशकुमार भट्टराई नै लुम्बिनी पुगेर दीप बालेर मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरेका हुन् । नयाँ मापदण्ड अनुसार मन्दिर प्रवेशमा अनिवार्य रुपमा माक्सको व्यवस्था गर्नुपर्ने तथा एकपटकमा बढीमा ८ जनामात्रै मन्दिर प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै आवश्यक स्यानीटाइजर प्रयोग पनि अनिवार्य गरिएको छ । सरकारले गएको चैत्र पहिलो सातादेखि देशव्यापी रुपमा गरेको लकडाउनसँगै यो मन्दिर पनि सर्वसाधारण तथा पर्यटकको लागि बन्द गरिएको थियो ।
यद्यपि मन्दिरको नियमित पुजापाठ भने सञ्चालन हुँदै आइरहेको थियो । तर मंसीर ३ गतेदेखि मन्दिरको बाहिरी क्षेत्र भ्रमणको लागि खुल्ला गरिएको थियो भने आजबाट मन्दिर सार्वसाधाणका लागि समेत फेरि खुल्ला गरिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !
२०७७ आश्विन २२ गते बिहिबार
०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
Top