काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार


०६ जुन, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका २ दर्जन बढी जिल्लामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना र भक्तपुरमा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रदेश र काठमाडौं उपत्यकामा रहेका विभिन्न ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशका निम्न जिल्लामा निम्न संख्यामा नयाँ संक्रमित फेला परेका छन् ।

  • दैलेखमा ४७
  • डोल्पामा १
  • सुर्खेतमा १०
  • जाजरकोटमा ४
  • मोरङमा ६
  • सुनसरीमा ५
  • सप्तरीमा ८
  • नवलपरासीमा ३
  • बझाङमा ६
  • बाँकेका १२
  • बर्दियामा २८
  • कास्कीमा ३
  • स्याङ्जामा १०
  • बागलुङमा १
  • कञ्चनपुरमा २
  • अछाममा १
  • कैलालीमा२
  • डडेलधुरामा १
  • सल्यानमा ३८
  • अर्खाखाँचीमा १
  • काठमाडौंमा ४
  • महोत्तरीमा ३५
  • रौटहटमा ६
  • सर्लाहीमा २७
  • नवलपरासीमा २
  • रुपन्देहीमा ३
  • भक्तपुरमा १
  • धनुषामा ८ र
  • कपिलवस्तुमा ३९ जना ।


मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । पछिल्लो पटक डोल्पमा एक पुरुष र सेती प्रादेशिक अस्पतालमा एक महिलाको मृत्यु भएको छ । यस्तै हालसम्म ३ सय ६५ जना उपचारपछि घर फर्केका छन् ।

भारतबाट नेपाल आउने नेपालीहरुको संख्या बढ्दै गएका कारण कोरोनाको संक्रमण पनि बढेको बताइएको छ । नेपालमा हालसम्म एकैदिन आज देखिएको नयाँ संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ क्वालालाम्पुर । स्थगित भएको झण्डै १३...

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...

पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...

कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...

Top