विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

Best Khabar Team | २०७६ पुष २० गते आइतबार


मलद्वारमा सुन लुकाएर ल्याउने क्रममा पक्राउ परेका हरेरामको पासपोर्ट र उनले लुकाएको सुन ।

०५ जनवरी, २०२०

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र एकमात्रै विमानस्थल, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दैनिकजसो अबैध सुन तथा हिराको तस्करी हुन थालेको छ । यो पनि निक्कै अनौठो र फरक तौर तरिका अपनाएर । केही समयअघिसम्म विभिन्न धातुका भाँडा तथा सुटकेसमा फल्स बटम बनाई सुन तथा अन्य बहुमुल्य धातु तस्करी हुने गरेको भएपनि हाल आएर सुन तस्करीमा नयाँ उपाय अपनाउन तस्करहरु सक्रिय रहेका छन् ।

केहीवर्ष अघि एक थाई युवतीले आफ्नो तीघ्रामा चिरेर सुन राखी पछि माथिबाट टाँका लगाएर काठमाडौं आउँदै गरेको अवस्थामा प्रहरीले पक्रेको थियो । तर विमानस्थलमा सुरक्षामा खटिने प्रहरीले तस्करहरुका तस्करीका तौर तरिका थाहा पाउन थालेपछि तस्करहरु चलाख हुन थालेका हुन् भने उनीहरुले तस्करीका नयाँ नयाँ उपाय अपनाउन थालेका हुन् । कतिपय तस्करहरुले ज्यान नै जोखिममा राखेर स्वास्थ्यमा गम्भीर असर पर्ने गरी, सुन तथा अन्य बहुमुल्य धातुको तस्करी गर्न थालेका छन् ।

प्रहरीको कडा सुरक्षाका बीच पनि स्वदेशी तथा विदेशी तस्करहरुले विभिन्न देशहुँदै नेपालको विमानस्थलबाट सुन तथा हिराको तस्करी गर्ने कोशिष पछिल्लो समयमा तीव्र बनाएका छन्, त्यो पनि अनौठो तरिकाबाट । यो हप्तामात्रै प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब ६ किलोग्राम सुन र २ सय ग्राम हिरा बरामद गरेको छ । यी हिरा सुटकेस तथा अन्य बस्तुमा राखेर ल्याएको नभै शरीरको भित्रिभागमा राखेर तस्करी गर्ने कोशिष तस्करहरुले गरेका छन् । आजमात्रै प्रहरीले काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ५०० ग्राम सुन र २ सय ग्राम हिरा बरामद गरेको छ ।

यसअघि शनिबार मात्रै प्रहरीले २ किलो सुन बरामद गरेको थियो । आज प्रहरीले आधा किलोग्राम सुनसहित भारतीय नागरिक किजाकेथिल नौसानलाई पक्रेको हो । संयुक्त अरव इमिरेट्सबाट काठमाडौं आएका उनलाई अध्यागमन कार्यायले चेकजाँच गर्ने क्रममा पक्रेको हो । उनको मलद्वारभित्रबाट यो सुनको क्याम्पसुल निकाएिको हो । अर्का भारतीय नागरिक मोहमद म्यादिन स्थालीको साथबाट प्रहरीले २ सय ग्राम हिरा बरामद गरेको थियो । उनले २ सय ग्राम हिराको क्याप्सुल निलेर आएका थिए ।

प्रहरीले अस्पताल लगेर चेकजाँच गराउँदा उनको पेटमा सो परिणाममा हिरा बरामद गरेको हो । यसअघि हिजोमात्रै भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलालले मलद्वारमा राखेर ल्याएको २ किलोग्राम सुनका ३ वटा क्याप्सुल प्रहरीले बरामद गरेको थियो । यतिसम्म चलाखी गरेर उनीहरुले सो सुन ल्याएका थिएकी विमानस्थलको मेटल डिटेक्टरले समेत थाहा नपाउने गरी तरल स्वरुपमा सुनको क्याम्पुल मलद्वावरमा राखेर ल्याएका थिए । जुनकुरा अस्पतालमा लगेर एक्सरे गरेपछि मात्रै खुल्न आएको थियो ।

यसअघि पुस १५ गते पनि भारतीय नागरिक नागरिक हरेराम नेपालीलाई प्रहरीले मलद्वारमा सुन राखेर विमनस्थलको भन्सार हुँदै काठमाडौं भित्रने क्रममा पक्रेको थियो । केही महिना अघि पनि भारतीय नागरिकहरुले मलद्वारमा राखेर ल्याएको सुन प्रहरीले पक्रेको थियो । यसरी तस्करहरुले तस्करीका नयाँ नयाँ तौर तरिकाहरु अपनाउन थालेपछि विमानस्थलका प्रहरीहरुका लागि यो टाउको दुखाईको विषय बनेको छ । 



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...

देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...

Top