विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

Best Khabar Team | २०७६ पुष २० गते आइतबार


मलद्वारमा सुन लुकाएर ल्याउने क्रममा पक्राउ परेका हरेरामको पासपोर्ट र उनले लुकाएको सुन ।

०५ जनवरी, २०२०

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र एकमात्रै विमानस्थल, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दैनिकजसो अबैध सुन तथा हिराको तस्करी हुन थालेको छ । यो पनि निक्कै अनौठो र फरक तौर तरिका अपनाएर । केही समयअघिसम्म विभिन्न धातुका भाँडा तथा सुटकेसमा फल्स बटम बनाई सुन तथा अन्य बहुमुल्य धातु तस्करी हुने गरेको भएपनि हाल आएर सुन तस्करीमा नयाँ उपाय अपनाउन तस्करहरु सक्रिय रहेका छन् ।

केहीवर्ष अघि एक थाई युवतीले आफ्नो तीघ्रामा चिरेर सुन राखी पछि माथिबाट टाँका लगाएर काठमाडौं आउँदै गरेको अवस्थामा प्रहरीले पक्रेको थियो । तर विमानस्थलमा सुरक्षामा खटिने प्रहरीले तस्करहरुका तस्करीका तौर तरिका थाहा पाउन थालेपछि तस्करहरु चलाख हुन थालेका हुन् भने उनीहरुले तस्करीका नयाँ नयाँ उपाय अपनाउन थालेका हुन् । कतिपय तस्करहरुले ज्यान नै जोखिममा राखेर स्वास्थ्यमा गम्भीर असर पर्ने गरी, सुन तथा अन्य बहुमुल्य धातुको तस्करी गर्न थालेका छन् ।

प्रहरीको कडा सुरक्षाका बीच पनि स्वदेशी तथा विदेशी तस्करहरुले विभिन्न देशहुँदै नेपालको विमानस्थलबाट सुन तथा हिराको तस्करी गर्ने कोशिष पछिल्लो समयमा तीव्र बनाएका छन्, त्यो पनि अनौठो तरिकाबाट । यो हप्तामात्रै प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब ६ किलोग्राम सुन र २ सय ग्राम हिरा बरामद गरेको छ । यी हिरा सुटकेस तथा अन्य बस्तुमा राखेर ल्याएको नभै शरीरको भित्रिभागमा राखेर तस्करी गर्ने कोशिष तस्करहरुले गरेका छन् । आजमात्रै प्रहरीले काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ५०० ग्राम सुन र २ सय ग्राम हिरा बरामद गरेको छ ।

यसअघि शनिबार मात्रै प्रहरीले २ किलो सुन बरामद गरेको थियो । आज प्रहरीले आधा किलोग्राम सुनसहित भारतीय नागरिक किजाकेथिल नौसानलाई पक्रेको हो । संयुक्त अरव इमिरेट्सबाट काठमाडौं आएका उनलाई अध्यागमन कार्यायले चेकजाँच गर्ने क्रममा पक्रेको हो । उनको मलद्वारभित्रबाट यो सुनको क्याम्पसुल निकाएिको हो । अर्का भारतीय नागरिक मोहमद म्यादिन स्थालीको साथबाट प्रहरीले २ सय ग्राम हिरा बरामद गरेको थियो । उनले २ सय ग्राम हिराको क्याप्सुल निलेर आएका थिए ।

प्रहरीले अस्पताल लगेर चेकजाँच गराउँदा उनको पेटमा सो परिणाममा हिरा बरामद गरेको हो । यसअघि हिजोमात्रै भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलालले मलद्वारमा राखेर ल्याएको २ किलोग्राम सुनका ३ वटा क्याप्सुल प्रहरीले बरामद गरेको थियो । यतिसम्म चलाखी गरेर उनीहरुले सो सुन ल्याएका थिएकी विमानस्थलको मेटल डिटेक्टरले समेत थाहा नपाउने गरी तरल स्वरुपमा सुनको क्याम्पुल मलद्वावरमा राखेर ल्याएका थिए । जुनकुरा अस्पतालमा लगेर एक्सरे गरेपछि मात्रै खुल्न आएको थियो ।

यसअघि पुस १५ गते पनि भारतीय नागरिक नागरिक हरेराम नेपालीलाई प्रहरीले मलद्वारमा सुन राखेर विमनस्थलको भन्सार हुँदै काठमाडौं भित्रने क्रममा पक्रेको थियो । केही महिना अघि पनि भारतीय नागरिकहरुले मलद्वारमा राखेर ल्याएको सुन प्रहरीले पक्रेको थियो । यसरी तस्करहरुले तस्करीका नयाँ नयाँ तौर तरिकाहरु अपनाउन थालेपछि विमानस्थलका प्रहरीहरुका लागि यो टाउको दुखाईको विषय बनेको छ । 



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

जुम्ला र स्याङ्जाका ४ जनासहित  थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...

विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए…… विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

२०८० कार्तिक ९ गते बिहिबार

भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...

Top