नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

Best Khabar Team | २०७७ बैशाख ७ गते आइतबार


१९ अप्रिल, २०२०
धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेहरुको संख्या ४ पुगेको छ । आज कैलाली लम्कीका २१ वर्षका युवकले कोरोनालाई जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको ल्याव परीक्षणका क्रममा पछिल्लो ४ पटक नै नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । यसअघि कोरोना संक्रमित तीन जनाको डिस्चार्ज भै सकेको छ ।

हिजो मात्रै काठमाडौंकी १९ वर्षकी युवती, बाग्लुङ्गकी ६५ वर्षकी बृद्द तथा गएको फागुनमा काठमाडौंमा एक युवकले कोरोना जितिसकेका छन् । आज कोरोना जित्ने युवक कोरोनाको संक्रमणमा परी विगत १६ दिनदेखि अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए । रोजगारीको लागि भारत पुगेका ती युवकमा कोरोनाको संक्रमण देखिएपछि उनलाई चैत्र २२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ पुगेको भएपनि यसमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन् । अब बाँकी २८ जनाको उपचार देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा भै रहेको छ । ती मध्ये १३ जना भारतीय नागरिकहरु रहेका छन् । अस्पतालमा उपचारमा रहेकाहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो

२०८० आश्विन २३ गते मंगलबार

१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...

फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित) फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित)

२०७६ मंशिर ३० गते सोमबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका...

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...

Top