सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार


२५ जनवरी, २०२१
काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा लगाउने तयारीमा रहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन सरकारले देशका सातवटै प्रदेशमा रहेका अस्पतालहरुबाट लगाउन शुरु गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आगामी बुधबारबाट देशका ७ वटै प्रदेशमा रहेका विभिन्न अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालको सरसफाईमा खटिएका कर्मचारी, कोरोनाले ज्यान गुमाएकाको शव व्यवस्थामा खटिएका सेना, प्रहरीलगायत स्वयंसेवकलाई पहिलो चरणमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने सरकारले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार सात प्रदेशका ५ दर्जन बढी अस्पतालबाट एकैपटक कोरोना भाइरसविरुद्धको भ्याक्सिनलगायत शुरु गरिने छ । देशका सबै जिल्ला अस्पतालबाट कोरोना विरुद्धको भ्यासिक्न लगाउने तयारी छ । जिल्ला अस्पतालको सिफारिसमा अन्य स्वस्थ्य तथा उपस्वास्थ्य चौकीबाट पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने छ ।

जिल्ला अस्पताललाई भने कोरोनाविरुद्धको खोप केन्द्रको रुपमा तयार गरिएको मन्त्रालयको भनाई छ । मन्त्रालयले आजसम्म देशका सबै प्रदेशमा कोरोना विरुद्धको खोप पुगिसकेको दाबी गरेको छ। शुरुमा देशभर फ्रन्टलाईनमा खटिएका झण्डै पौने पाँच लाखलाई खोप लगाईने तयारी छ ।

त्यसका लागि खोप केन्द्रको छनौट, खोपलाई आवश्यक पर्ने तापक्रमको व्यवस्थापनलगायतका सबै कामको तयारी पुरा भएको सम्बन्धित जिल्ला अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप लगाउने कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...

नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...

७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा ७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...

Top