Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई हस्ती (कलाकारद्वय) को पशुपति आर्यघाटमा एकैदिन अन्त्येष्टि गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय दुबै कलाकारको अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो । भट्टराईलाई १५ वर्षका छोरा मिस्क भट्टराई तथा क्षेत्रीलाई उनका छोरा रिनेश बस्नेतले दाबवत्ति दिएका थिए ।
कलाकारद्वयको अन्त्येष्टि कार्यक्रममा आर्यघाटमा चलचित्र कलाकारहरु, शुभचिन्तकलगायतको बाक्लो उपस्थिति रहेको थियो । यसअघि भट्टराईको पार्थिव शरीरमा रक्षामन्त्री इश्वर पोखरेलले श्रद्धाजली व्यक्त गर्नुभएको थियो । दुई दिनको अन्तरमा निधन भएका कलाकारद्वयलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँगै कलाकारहरु निखिल उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला, कुञ्जना घिमिरे, हरिबंश आचार्य, रेखा थापा, मदनकृष्ण श्रेष्ठ, रमेश उप्रेतीलगायतका कलाकार सञ्चारकर्मी तथा शुभचिन्तकहरुको ठूलो भीड आर्यघाटमा देख्न सकिन्थ्यो ।
क्षेत्री गएको शनिबार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । यस्तै भट्टराईको आइतबार राति अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने
२०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...
तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...
Top