Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१
काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । केही समयअघि भारतमा भएको एउटा धार्मिक कार्यक्रममा सहभागी भएर नेपाल फर्केलगत्तै कोरोना संक्रमण देखिएपछि पूर्वराज्ञा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह होम आइसोलेसनमा बसिरहेका थिए ।

एकसातादेखि घरमै आइसोलेसनमा बसिरहेका पूर्वराजपरिवार स्वास्थ्य अवस्था विग्रन थालेपछि २ दिनअघि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा आएको समयमा भन्दा २ दिनपछि अहिले उनीहरुको स्वास्थ्यमा क्रमश सुधार हुँदै भएको अस्पतालले जनाएको छ । कोरोनाका कारण देखिएका लक्षण र असरहरुपनि तीनै जनामा विस्तारै कम हुँदै गएको अस्पतालको जनसम्पर्क शाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा अहिले कोरोनाका संक्रमित बढ्न थालेपछि राजधानीका प्राय सबै अस्पतालमा कोरोना संक्रमित उपचाररत छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...
जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...
‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...
जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...
Top