जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात

Best Khabar Team | २०७७ असार २७ गते शनिबार


११ जुलाई, २०२०
बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको पहिरोमा परी वेपत्ता भएका बारेकोटका ५ जना स्थानीयको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । हिजो दिनभर र आज पनि बिहानैदेखि उनीहरुको खोजी गरिएको भएपनि भएपनि अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । पहिरोमा वेपत्ता भएकामध्ये सार्की टोलका ७ जनाको शव भेटिएपनि ५ जनाको भने अहिलेसम्म अवस्था थाहा हुन सकेको छैन ।

बिहीबार राति परेको अविरल वर्षात्पछि आएको पहिरोमा परी स्थानीय सार्की टोलका २ घर बगाएको थियो । वेपत्ताको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली करिब ४८ घण्टादेखि नै खटिईरहेको छ । तर पनि उनीहरुको अवस्था सार्वजनिक हुन सकेको छैन ।

सो स्थानमा अहिले पनि निरन्तर रुपमा पानी परिरहेको कारण पहिरोकोका कारण विस्थापित बनेका तथा वेपत्ता बनेकाहरुको उद्दार तथा खोजी कार्यमा कठिनाई भएको उद्दारमा खटिएका प्रहरीको भनाई छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ४ का स्थानीयको ३२ वटा घर तथा केही गोठहरु पहिरोले बगाएको थियो ।

साथै सो क्षेत्र आपसापसका दर्जनौं घरहरु अहिले पहिरोका जोखिममा रहेकोले उनीहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्नका लागि प्रयास भै रहेको छ । गाउँपालिकाका अनुसार ती क्षेत्रका करिब ५ दर्जन घरहरु जोखिममा परेको र तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका...

नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...

चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

Top