Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले अहिले देशव्यापी रुपमा लकडाउन जारी राखेको छ । गत चैत्र ५ गतेदेखि शुरु भएको लकडाउन आगामी जेठ ५ गतेसम्मका लागि निर्धारित गरिएको छ । तर त्यसपछि पनि तत्काल विद्यालय खुल्ने अवस्था देखिँदैन । २ महिनासम्म विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीहरुको पठनपाठन अवरुद्ध बनेको छ । कतिपय अभिभावक विद्यालय सञ्चालन नभएर आफ्ना नानीबाबुहरुलाई घरमै राख्नुपर्दा तनावमा समेत देखिने गरेका छन् ।

अहिले सरकारले सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनबाटै प्रभावकारी अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ । तपाईँहरु धेरैलाई थाहा नहुनसक्छ । तर इन्टरनेटको पहुँच भएकाहरुलाई लागि सरकारले शुरु गरेको यो अनलाईन सिकाई सामग्री अत्यन्तै प्रभावकारी हुने देखिएको छ । विशेष गरी पूर्वप्राथमिक तहका विद्यार्थीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी सार्वजनिक गरिएको सिकाई चौतारी नामक अनलाईन शिक्षण सामग्री निक्कै राम्रो र प्रभावकारी हुने शिक्षाविद्हरुको भनाई छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनलाईनमा सार्वजनिक गरेको यो सिकाई प्रविधिलाई दैनिक रुपमा उपयोग गरी विद्यार्थीहरुले ज्ञानको दायरा फराकिलो पार्न सक्नेछन् । यसमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री समेत राखिएको छ । जसले गर्दा बालबालिकालाई शिक्षण प्रति थप आकर्षण थपिनेछ ।

सबै विषयहरुको अँग्रेजी र नेपाली भाषामा समेत निर्देशन दिइएको छ । पूर्व प्राथमिक तहका बालबालिकाको लागि उपयोगी हुने कथा तथा सिकाई विधिहरुपनि यसमा राखिएको छ । नेपाल सरकारको यो अनुकरणीय प्रयासलाई उच्च मूल्यांकन गर्दै तपाईँ हामीले हाम्रा बालबालिकालाई सिकाउन सकिए विद्यालय बन्द भएको समयमा पनि उनीहरुको सिकाई निरन्तर जारी रहनेछ । सरकारले शुरु गरेको नयाँ सिकाई विधिको लिंक तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...
महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...
पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश
२०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...
हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?
२०७६ मंशिर २३ गते सोमबार
– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी...
Top