Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०
काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी एक सुत्केरी महिलाको शव अत्यष्टिका लागि काठमाडौंसम्म ल्याइएको छ । कोरोना संक्रमणको आशंका गरिएकी ती महिलाको अन्त्यष्टिका लागि उनको शव काठमाडौं ल्याइएको हो । तर उनको शव काठमाडौं आइपुग्दा नपुग्दै स्वास्थ्य मन्त्रालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
शबहानमा राखिएको शवलाई नेपाली सेना र सशस्त्र प्रहरीले अघिपछि स्कर्टिङ्ग गरेर काठमाडौं ल्याइएको प्रहरी स्रोतको भनाई छ । उनको अन्त्यष्टि पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा गर्ने तयारी भै रहेको छ । २३ गते काठमाडौंको महाराजगञ्जमा प्रसुति गराएर छोरा जन्म दिएकी राम्चेकी चालिसे थरकी ती महिला २५ गते अस्पतालबाट डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्केकी थिइन् ।
तर गएको बिहीबार राति एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बाह्रबिसेबाट उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएपछि स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणका क्रममा उनका कोरोना पोजेटिभ भेटिएको भएपनि राष्ट्रिय प्रयोगशालाले यसको औपचारिक पुष्टि आज साँझ मात्रै गरेको थियो । तर धुलिखेल अस्पतालमा गरिएको आरडिटी र पिसीआर टेस्ट दुबैमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको भन्दै फेसबुकमार्फत् श्रञ्द्धाञ्जली दिएका छन् ।

चिकित्सकहरुको अनुसन्धानबाट उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको भन्दै दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत् समवेदना व्यक्त गरेका हुन् । बाह्रबिसेकी ती महिलाले २३ गते बैशाख छोरोलाई जन्म दिएकी थिइन् । तर स्वास प्रश्वासमा समस्या आएपछि उनलाई बिहीबार धुलिखेल अस्पतालको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको राति निधन भएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भेटिएपछि यसको पुष्टिको लागि स्वाब राष्ट्रिय प्रयोगशालामा पठाईएको थियो । प्रयोगशालाको रिपोर्ट आज साँझ मात्रै प्राप्त भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा...
ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...
युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित...
पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...
Top