कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


१६ मे, २०२०
काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी एक सुत्केरी महिलाको शव अत्यष्टिका लागि काठमाडौंसम्म ल्याइएको छ । कोरोना संक्रमणको आशंका गरिएकी ती महिलाको अन्त्यष्टिका लागि उनको शव काठमाडौं ल्याइएको हो । तर उनको शव काठमाडौं आइपुग्दा नपुग्दै स्वास्थ्य मन्त्रालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

शबहानमा राखिएको शवलाई नेपाली सेना र सशस्त्र प्रहरीले अघिपछि स्कर्टिङ्ग गरेर काठमाडौं ल्याइएको प्रहरी स्रोतको भनाई छ । उनको अन्त्यष्टि पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा गर्ने तयारी भै रहेको छ । २३ गते काठमाडौंको महाराजगञ्जमा प्रसुति गराएर छोरा जन्म दिएकी राम्चेकी चालिसे थरकी ती महिला २५ गते अस्पतालबाट डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्केकी थिइन् ।

तर गएको बिहीबार राति एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बाह्रबिसेबाट उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएपछि स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणका क्रममा उनका कोरोना पोजेटिभ भेटिएको भएपनि राष्ट्रिय प्रयोगशालाले यसको औपचारिक पुष्टि आज साँझ मात्रै गरेको थियो । तर धुलिखेल अस्पतालमा गरिएको आरडिटी र पिसीआर टेस्ट दुबैमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको भन्दै फेसबुकमार्फत् श्रञ्द्धाञ्जली दिएका छन् ।

चिकित्सकहरुको अनुसन्धानबाट उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको भन्दै दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत् समवेदना व्यक्त गरेका हुन् । बाह्रबिसेकी ती महिलाले २३ गते बैशाख छोरोलाई जन्म दिएकी थिइन् । तर स्वास प्रश्वासमा समस्या आएपछि उनलाई बिहीबार धुलिखेल अस्पतालको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको राति निधन भएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भेटिएपछि यसको पुष्टिको लागि स्वाब राष्ट्रिय प्रयोगशालामा पठाईएको थियो । प्रयोगशालाको रिपोर्ट आज साँझ मात्रै प्राप्त भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...

पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

Top