Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०
चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा कोराना संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४ वटा नगरपालिकाका थप २२ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकामा बस्ने उनीहरुमा कोरोना देखिएको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमामा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, राजदेवी नगरपालिकामा एक र गरुडा नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता सदरमुकाम गौरमा रहेको जुद्ध माविको क्वारेन्टाइनमा रहेका ७ जनामा संक्रमण देखिएको छ ।
ती मध्ये ३ जना जना बालबालिका रहेका छन् । संक्रमित सबै चिकित्सकको सम्पर्कमा रहेपनि उनीहरुलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको बताइएको छ । रौतहटमा हालसम्म ७० जनामा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ३ जना उपचारपछि घर फर्केका छन् ।
संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्केकाहरु रहेका छन् । पछिल्लो समयमा रौतहटमा ३ हजारभन्दा बढी मजदुरहरु भारतबाट फर्केलगत्तै क्वारेन्टाइमा राखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...
एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...
काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने...
करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...
Top