खर्च धान्न नसकिने भन्दै संघीयता खारेजीको मागसहित संशोधन प्रस्ताव* दर्ता

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ मे, २०२०
काठमाडौं । मुलुकले संघीयता धान्न नसक्ने भन्दै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संशोधन प्रस्ताव दर्ता गराएको छ । नेपाल जस्तो गरिब देशले अहिलेको अवस्थामा संघीयताको नाममा हुने खर्च धान्न नसक्ने निष्कर्ष जनमोर्चाको छ । उसले स्थानीय निकायलाई अधिकार प्रदान गरिए संघीयता आवश्यक नभएकोमा पनि जोड दिएको छ ।

संसदबाट संविधान संशोधनको तयारी भै रहेका बेला जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको नाममा ब्रह्मलुट भै रहेको संघीयता खारेजी गर्न माग गर्दै आज संशोधन प्रस्ताव दर्ता गराएका हुन् । अहिलेको अवस्थामा संघीयताले खर्च बढाउने र गाउँगाउँमा नयाँ नेतालाई पाल्नुपर्ने दायित्व सरकारको काँधमा थोपरिएको जनमोर्चाको ठहर छ ।

उनीहरुलाई पाल्ने आर्थिकभार नेपाली जनताको थाप्लोमा पर्ने भन्दै संघियताको औचित्य नभएको राष्ट्रिय जनमोर्चाको ठहर छ । हालसम्म सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस तथा समाजवादी पार्टीलगायतले आ–आफ्नो पार्टी र दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

(*सच्चाइएको)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे…. जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड...

बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका...

युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० रोम । युरोपेली मुलुक इटलीमा कोरोना...

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित) खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...

Top