Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०
परासी । नबलपरासीमा गएराति लु ४ त २५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार स्थानीय बुलिङ्गटार गा.पा. ३ मा आज बिहान १३ जना सवार ट्रयाक्टर अनियन्त्रित भै पल्टिएको थियो ।
सो दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ का २२ वर्षका नरबहादुर सुस्लिङ्, सोही ठाउँ बस्ने ५९ वर्षीय यमान सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षका पूर्णबहादुर थापा, २५ वर्षका लिलाबहादुर सारुमगरको ज्यान गएको हो । घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भै रहेको छ ।
घाइतेमध्ये ट्याक्टरका मालिक बलबहादुर झेडी, छालबहादुर सारु मगर, विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको बताइएको छ । अरु ४ घटना घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाग्रस्त ट्रयाक्टरले कच्ची सडकमा गति गुमाउँदा सडकबाट १ सय मिटर तल खसेको बताइएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
Top