नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार


फाइल तस्वीर

१२ फेब्रुअरी, २०२०
परासी । नबलपरासीमा गएराति लु ४ त २५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार स्थानीय बुलिङ्गटार गा.पा. ३ मा आज बिहान १३ जना सवार ट्रयाक्टर अनियन्त्रित भै पल्टिएको थियो ।

सो दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ का २२ वर्षका नरबहादुर सुस्लिङ्, सोही ठाउँ बस्ने ५९ वर्षीय यमान सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षका पूर्णबहादुर थापा, २५ वर्षका लिलाबहादुर सारुमगरको ज्यान गएको हो । घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भै रहेको छ ।

घाइतेमध्ये ट्याक्टरका मालिक बलबहादुर झेडी, छालबहादुर सारु मगर, विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको बताइएको छ । अरु ४ घटना घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाग्रस्त ट्रयाक्टरले कच्ची सडकमा गति गुमाउँदा सडकबाट १ सय मिटर तल खसेको बताइएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...

ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ...

Top