आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार


 

०६ अगस्ट, २०१७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको भनिएका केही विवादास्पद जग्गाहरुको संसदीय समितिले स्थलगत अनुगमन गर्ने भएको छ । निगमले जग्गा खरिद प्रक्रियामा व्यापक अनियमितता गरेको भन्दै चौतर्फी गुनासो बढेपछि संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैठकले खरिद गरिएका जग्गाहरुको स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो ।

निगमले विभिन्न प्रदेशमा खरिद गरेको जग्गामा निगमका प्रमुखले व्यापक अनियमितता गरेको तथा आफ्नै छोराको कम्पनीमार्फत् जग्गा खरिद गरेर ठूलो आर्थिक चलखेल गरेको आरोप लगोपछि समितिले यो विषयमा चासो दिएर छलफल थालेको थियो । निगमले पूर्वी नेपालको झापा देखि, सर्लाही, चितवन, भैरहवालगायत विभिन्न प्रदेशमा जग्गा खरिद गरेको थियो ।

समितिले सो जग्गा खरिद प्रक्रियाका बारेमा प्रयोग गरिएको फायलहरु झिकाएर अध्ययन गरिरहेको छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय जनतासम्म पुगेर त्यसको बारेमा सत्यतथ्य छानबिन गर्ने समितिको भनाई छ ।

स्थलगत अध्ययनका लागि समिति केही दिनभित्रै विभिन्न जिल्लामा रहेका निगमको जग्गा खरिद स्थलमा पुग्ने तयारीमा जुटेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी ! फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

२०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक...

आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...

युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित युरोपेली मुलुक स्पेनमा फेरि बढ्दै कोरोना संक्रमित

२०७७ श्रावण १ गते बिहिबार

१६ जुलाई, २०२०सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै...

Top