भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार


०९ अप्रिल, २०२१
नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म कोरोना संक्रमण नियन्त्रणमा देखिएको भारतमा फेब्रुअरीको तेश्रोसातादेखि पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो । पछिल्लो तथ्यांकलाई आधार बनाउँदा अहिले अमेरिका र ब्राजिल पछि भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुकको रुपमा दर्ज भएको छ । यस्तै नयाँ संक्रमितको संख्या हेर्दा भारतले अमेरिका र ब्रजिललाई समेत पछि पारेको ओल्डोमिटरले अध्याबधिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै मृतकको संख्यालाई हेर्दा अमेरिका पछि सबैभन्दा धेरै दैनिक कोरोना संक्रमितको मृत्यु हुने देशको रुपमा भारत देखिएको छ ।

महाराष्ट्रमा कोरोना भयानक बन्दै
भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या डरलाग्दो अवस्थामा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा ५९ हजार ९ सय ७ जनामा संक्रमण देखिएको त्यहाँको प्रदेशस्तरीय स्वास्थ्य हेर्ने निकायले जनाएको छ । यस्तै महाराष्ट्रका अलावा, जम्मु–कश्मीर, गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाबमा पनि संक्रमणको अवस्था भयाबह बन्दै गएको छ । महाराष्ट्रको पनि विशेष गरी मुम्बई, पुने, नासिकलगायतका शहरमा कोरोना संक्रमित बढी छन् । जसका कारण यस क्षेत्रका निजी तथा सरकारी अस्पताल भरिभराउ भएका छन् । सरकारले क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरु बनाएको भएपनि संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यसको व्यवस्थापन गर्न प्रदेश सरकारलाई हम्मे हम्मे परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले कोरोना नियन्त्रणका लागि भन्दै सार्वजनिक रुपमा भेला नहुन र सावधानी अपनाउन माइकमार्फत सर्वसाधारणलाई आह्वान गर्न थालिएको छ ।

कर्फ्यु र लकडाउन
भारतका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विभिन्न राज्यमा कफ्र्यु र लकडाउन गरिएको छ । विशेष गरी महाराष्ट्र र उत्तर प्रदेशमा अहिले कफ्र्यु लगाइएको छ । स्थानीय प्रशासनले साँझ ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लगाएको छ । यस्तै सार्वजनिक विदाको दिन अर्थात् शनिबार र आइतबार लकडाउनको घोषणा गरिएको छ भने कोरोना फैलन नदिन भन्दै मध्यप्रदेशले महाराष्ट्रसँगको सबै सिमा नाका बन्द गरेको छ । भारतको उत्तरप्रदेश, पञ्जाबलगायतका शहरमा विद्यालय र क्याम्पसहरु बन्द गरिएका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले बढी मानिसहरु भेलाहुन रोक लगाउनुका साथै सार्वजनिक निकायहरुमा माक्स र सेनिटाइनर अनिवार्य गरेको छ । यस्तै सामाजिक दुरी कायम गर्नको लागि पनि भारत सरकारले सबैमा आग्रह गरेको छ ।

कोरोनाको डरलाग्दो तथ्यांक
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अद्याबधि गरेको ताजा तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । यो पछिल्लो २४ घण्टामा देखिएका नयाँ संक्रमितको संख्या हो । डरलाग्दो विषय के छ भने कोरोना संक्रमण शुरुभएपछि भारतमा एकैदिन यतिधेरै मानिसमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । यस्तै बुधबार सोही समयमासम्म भारतमा कोरोनाका १ लाख २६ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका थिए ।

बिहीबार साँझ अद्यावधिक गरिएको तथ्यांक अनुसार भारतमा बुधबार साँझ देखि बिहीबार साँझसम्म ७ सय ८० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । मंगलबार साँझदेखि बुधबार साँझसम्मको २४ घण्टामा करोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८० थियो । भारतमा कोरोना भाइरसको संक्रमण देखिएयता बिहीबार साँझसम्म १ लाख ६७ हजार ६ सय ४२ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणलाई लक्षित गरी कोरोनाको खोप लगाउने अभियान शुरु भएपनि यसको प्रभावकारिताको विषयमा भने अहिलेसम्म उत्साहजनक खबर सार्वजनिक भएको छैन ।

परिवार कल्याण मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म भारतमा ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनालाई कोरोनाको खोप दिइएको छ । भारतको राजधानी नयाँदिल्लीलगायतका अन्य शहरहरुमा तुलनात्मक रुपमा कोरोना संक्रमित कम देखिएपनि ती राज्यहरुले पनि आवश्यक सुरक्षा सावधानी अपनाउन थालिसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतमा कोरोना बढ्न थालेपछि त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पनि देखिन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी ‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...

Top