भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार


०९ अप्रिल, २०२१
नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म कोरोना संक्रमण नियन्त्रणमा देखिएको भारतमा फेब्रुअरीको तेश्रोसातादेखि पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको हो । पछिल्लो तथ्यांकलाई आधार बनाउँदा अहिले अमेरिका र ब्राजिल पछि भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुकको रुपमा दर्ज भएको छ । यस्तै नयाँ संक्रमितको संख्या हेर्दा भारतले अमेरिका र ब्रजिललाई समेत पछि पारेको ओल्डोमिटरले अध्याबधिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै मृतकको संख्यालाई हेर्दा अमेरिका पछि सबैभन्दा धेरै दैनिक कोरोना संक्रमितको मृत्यु हुने देशको रुपमा भारत देखिएको छ ।

महाराष्ट्रमा कोरोना भयानक बन्दै
भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या डरलाग्दो अवस्थामा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा ५९ हजार ९ सय ७ जनामा संक्रमण देखिएको त्यहाँको प्रदेशस्तरीय स्वास्थ्य हेर्ने निकायले जनाएको छ । यस्तै महाराष्ट्रका अलावा, जम्मु–कश्मीर, गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाबमा पनि संक्रमणको अवस्था भयाबह बन्दै गएको छ । महाराष्ट्रको पनि विशेष गरी मुम्बई, पुने, नासिकलगायतका शहरमा कोरोना संक्रमित बढी छन् । जसका कारण यस क्षेत्रका निजी तथा सरकारी अस्पताल भरिभराउ भएका छन् । सरकारले क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरु बनाएको भएपनि संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि त्यसको व्यवस्थापन गर्न प्रदेश सरकारलाई हम्मे हम्मे परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले कोरोना नियन्त्रणका लागि भन्दै सार्वजनिक रुपमा भेला नहुन र सावधानी अपनाउन माइकमार्फत सर्वसाधारणलाई आह्वान गर्न थालिएको छ ।

कर्फ्यु र लकडाउन
भारतका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विभिन्न राज्यमा कफ्र्यु र लकडाउन गरिएको छ । विशेष गरी महाराष्ट्र र उत्तर प्रदेशमा अहिले कफ्र्यु लगाइएको छ । स्थानीय प्रशासनले साँझ ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लगाएको छ । यस्तै सार्वजनिक विदाको दिन अर्थात् शनिबार र आइतबार लकडाउनको घोषणा गरिएको छ भने कोरोना फैलन नदिन भन्दै मध्यप्रदेशले महाराष्ट्रसँगको सबै सिमा नाका बन्द गरेको छ । भारतको उत्तरप्रदेश, पञ्जाबलगायतका शहरमा विद्यालय र क्याम्पसहरु बन्द गरिएका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले बढी मानिसहरु भेलाहुन रोक लगाउनुका साथै सार्वजनिक निकायहरुमा माक्स र सेनिटाइनर अनिवार्य गरेको छ । यस्तै सामाजिक दुरी कायम गर्नको लागि पनि भारत सरकारले सबैमा आग्रह गरेको छ ।

कोरोनाको डरलाग्दो तथ्यांक
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अद्याबधि गरेको ताजा तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । यो पछिल्लो २४ घण्टामा देखिएका नयाँ संक्रमितको संख्या हो । डरलाग्दो विषय के छ भने कोरोना संक्रमण शुरुभएपछि भारतमा एकैदिन यतिधेरै मानिसमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । यस्तै बुधबार सोही समयमासम्म भारतमा कोरोनाका १ लाख २६ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका थिए ।

बिहीबार साँझ अद्यावधिक गरिएको तथ्यांक अनुसार भारतमा बुधबार साँझ देखि बिहीबार साँझसम्म ७ सय ८० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । मंगलबार साँझदेखि बुधबार साँझसम्मको २४ घण्टामा करोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८० थियो । भारतमा कोरोना भाइरसको संक्रमण देखिएयता बिहीबार साँझसम्म १ लाख ६७ हजार ६ सय ४२ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणलाई लक्षित गरी कोरोनाको खोप लगाउने अभियान शुरु भएपनि यसको प्रभावकारिताको विषयमा भने अहिलेसम्म उत्साहजनक खबर सार्वजनिक भएको छैन ।

परिवार कल्याण मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म भारतमा ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनालाई कोरोनाको खोप दिइएको छ । भारतको राजधानी नयाँदिल्लीलगायतका अन्य शहरहरुमा तुलनात्मक रुपमा कोरोना संक्रमित कम देखिएपनि ती राज्यहरुले पनि आवश्यक सुरक्षा सावधानी अपनाउन थालिसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतमा कोरोना बढ्न थालेपछि त्यसको प्रभाव छिमेकी मुलुक नेपालमा पनि देखिन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा कोरोनाबाट  थप २ नेपालीको ज्यान गयो बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट...

बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते

२०८२ श्रावण ५ गते सोमबार

ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको...

देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो

२०७७ मंशिर २८ गते आइतबार

१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे...

अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा

२०७६ जेठ २ गते बिहिबार

१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक...

Top