Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०
काठमाडौं । सरकारले विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्धार गरेर ल्याउने यसअघिको उडान तालिकामा केही परिवर्तन गरेको छ । विभिन्न देशमा रहेका नेपालीहरु नेपाल आउँदा अनिवार्य रुपमा ती देशबाट स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट ल्याउन अनिवार्य व्यवस्था गरिएसँगै केहीदेशको उडान तालिका परिवर्तन भएको हो ।

स्वास्थ्य जाँचसम्बन्धी रिपोर्ट आउन समय लागेको भन्दै विभिन्न देशमा रहेका नेपालीहरुले उडान मिति परिवर्तनगर्न आग्रह गरेसँगै नेपाल बायुसेवा निगमले उडान तालिका परिवर्तन गरेको हो । सरकारले नेपाल बायुसेवा निगमको विमानमार्फत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनका लागि यसअघि भाडासूचीसहित उडानको मिति समावेश गरिएको तालिका सार्वजनिक गरेको थियो ।
विभिन्न देशमा रहेका नेपाली दुतावासले नेपाल सरकार मार्फत् नेपाली कामदारको उद्दारको यसअघिको कार्यसूची केही हेरेफेर गर्न सरकारलाई आग्रह गरेपछि निगमले पनि सोही अनुसार उडानको तालिका केरि परिवर्तन गरेको जनाएको छ । सरकारले यसअघि बंगलदेश र आजमात्रै थाइल्याण्डबाट केही नेपालीलाई उद्दार गरेर ल्याएको छ । नयाँ व्यवस्था भएको कार्यतालिका निम्न अनुसार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यि उद्दार उडान (चार्टर फ्लाईट)मा आउन चाहने व्यक्ति स्वयंले विमानको भाडा बुझाउनुपर्ने र काठमाडौंका होटलमा सरकारले तोकेको क्वारेन्टाइनमा बस्न चाहनेको हकमा पनि व्यक्ति स्वयंले होटल र खानेकुरा छान्न सकिने जनाएको छ । हाल विदेशमा २५ हजार भन्दा बढी नेपालीहरु तत्काल नेपाल फर्कने सूचीमा रहेका छन् ।
कोरोनाका कारणले काम गुमाएर बेरोजगार भएका, विभिन्न रोगको उपचारका लागि विदेश गएका तथा पारिवारित तथा घुमघामका लागि विदेश गएकाहरु कोरोनाका कारण भएको लकडाउनका कारण उतै रोकिएपछि सरकारले उनीहरुको उद्दारका लागि विभिन्न देशमा चार्डर उडान शुरु गरेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...
किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...
कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...
अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो...
Top