अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

Best Khabar Team | २०७७ माघ २५ गते आइतबार


०७ फेब्रुअरी, २०२१
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा र उनकी श्रीमती मिचेल ओबामाको संयुक्त प्रोडक्सन कम्पनीले पहिलो सगरमाथा आरोहीका बारेमा चलचित्र बनाउने घोषणा गरेका छन् । ओबामा दम्पत्तिले सगरमाथामा पहिलो पटक पाइला राख्ने आरोही तेन्जिङ्ग नोर्गेको विषयमा चलचित्र बनाउने घोणणा गरेका हुन् ।

ओबामा दम्पत्तिको स्वामित्वमा रहेको ‘हाइयर ग्राउन्ड प्रोडक्‍सन्स’ नामक कम्पनिले बनाउन लागेका विभिन्न चलचित्रमध्ये तेन्जिङ्ग नोर्गे र उनले पहिलो मानवका रुपमा सगरमाथामा पाइला हालेको विषयलाई समावेश गरिने बताइएको छ ।

लुके डेभिसले एड डउल्गासले लेखेको ‘हिरो अफ एभरेष्ट’ नामक पुस्तकलाई आधार बनाएर चलचित्रको कथा तयार पारिएको छ । फिल्मको निर्देशन बाफ्टा नोमिनि जेनिफर पिडल शेर्पा गर्ने गर्ने भएकी छन् । डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गेले सो फिल्मको कार्यकारी निर्माताको रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

‘बेस्ट खबर डटकम’ बारेमा ‘बेस्ट खबर डटकम’ बारेमा

२०७४ श्रावण २२ गते आइतबार

हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको...

Top