केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो ।

केबलकार सञ्चालन गरिँदा सयौं यात्रुहरु केबलकारको माध्यम हुँदै मनकामनाको मन्दिरमा जाने हुँदा यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै तत्कालका लागि केबलकार बन्द गर्ने निर्णय गरिएको हो । प्रालिले २०७६ साल भर अर्थात् आगामी चैत्र मसान्तसम्मका लागि केबलकार बन्द गरिएको जनाएको छ । त्यसपछिको अबस्था हेरेर कहिले पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय लिइने प्रालिको भनाई छ । यसअघि वर्षको दुईपटक नियमित मर्मत सम्भारका लागि भन्दै एक दुईदिन केवलकार बन्द गरिँदै आएको थियो ।

मनकामनाको मन्दिर पुग्ने स्वदेशी तथा विदेशभक्तजनमध्ये ९५ प्रतिशत केबलकारबाटै त्यहा पुग्ने गर्दछन् । केबलकारबन्द भएसँगै मनकामाना क्षेत्रमा रहेका होटलहरु पनि बन्द हुने भएका छन् । तीर्थयात्रीका लागि लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा दर्जनौं होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । अब मनकामनामा केबलकार चल्न छाडेपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

विगतमा हिँडेर मनकामना पुग्ने गरिएको भएपनि २०५५ सालबाट मनकामना मन्दिर जान केबलकार सञ्चालन भएपछि हिँडेर मन्दिर पुग्नेहरुको संख्या न्यून छ । यस्तै मन्दिरसम्म पुग्नको लागि कच्चिबाटो जीपबाट समेत जान सकिन्छ र तर यसरी जानेहरुले यहाँको होटल तथा रेष्ट्रुरेन्टको व्यापारमा खासै असर नगर्ने व्यवसायीको भनाई छ । २०५५ साल मंसीर ८ गते तत्कालीन युवराज दीपेन्द्र बीर विक्रम शाहले मनकामना केवलकारको औपचारिक उद्घाटन गरेका थिए ।

यसैबीच, पर्यटकको संख्या सून्यको हाराहारीमा पुगेपछि सोलुखुम्बुको नाम्चेबजारमा रहेका सबै होटलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । विशेष गरी सगरमाथा आधार शिविर जाने विदेशी तथा स्वदेशी पर्यटकको लागि लक्षित गरी खोलिएका होटलहरु कोरोनाको कारण नेपालमा पर्यटक आउन छाडेपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

नाम्चेमा मात्रै करिब १ सय बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । सिजनका बेला होटल तथा रेष्टुरेन्ट बन्द गर्नुपर्दा व्यवसायीहरु चिन्तित देखिन्छन् । अब पुनः कहिले होटलहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही बताउन नसक्ने व्यवसायीहरुको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’ उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...

Top