Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो ।
केबलकार सञ्चालन गरिँदा सयौं यात्रुहरु केबलकारको माध्यम हुँदै मनकामनाको मन्दिरमा जाने हुँदा यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै तत्कालका लागि केबलकार बन्द गर्ने निर्णय गरिएको हो । प्रालिले २०७६ साल भर अर्थात् आगामी चैत्र मसान्तसम्मका लागि केबलकार बन्द गरिएको जनाएको छ । त्यसपछिको अबस्था हेरेर कहिले पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय लिइने प्रालिको भनाई छ । यसअघि वर्षको दुईपटक नियमित मर्मत सम्भारका लागि भन्दै एक दुईदिन केवलकार बन्द गरिँदै आएको थियो ।
मनकामनाको मन्दिर पुग्ने स्वदेशी तथा विदेशभक्तजनमध्ये ९५ प्रतिशत केबलकारबाटै त्यहा पुग्ने गर्दछन् । केबलकारबन्द भएसँगै मनकामाना क्षेत्रमा रहेका होटलहरु पनि बन्द हुने भएका छन् । तीर्थयात्रीका लागि लक्षित गर्दै मनकामना मन्दिर क्षेत्रमा दर्जनौं होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । अब मनकामनामा केबलकार चल्न छाडेपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।
विगतमा हिँडेर मनकामना पुग्ने गरिएको भएपनि २०५५ सालबाट मनकामना मन्दिर जान केबलकार सञ्चालन भएपछि हिँडेर मन्दिर पुग्नेहरुको संख्या न्यून छ । यस्तै मन्दिरसम्म पुग्नको लागि कच्चिबाटो जीपबाट समेत जान सकिन्छ र तर यसरी जानेहरुले यहाँको होटल तथा रेष्ट्रुरेन्टको व्यापारमा खासै असर नगर्ने व्यवसायीको भनाई छ । २०५५ साल मंसीर ८ गते तत्कालीन युवराज दीपेन्द्र बीर विक्रम शाहले मनकामना केवलकारको औपचारिक उद्घाटन गरेका थिए ।

यसैबीच, पर्यटकको संख्या सून्यको हाराहारीमा पुगेपछि सोलुखुम्बुको नाम्चेबजारमा रहेका सबै होटलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । विशेष गरी सगरमाथा आधार शिविर जाने विदेशी तथा स्वदेशी पर्यटकको लागि लक्षित गरी खोलिएका होटलहरु कोरोनाको कारण नेपालमा पर्यटक आउन छाडेपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।
नाम्चेमा मात्रै करिब १ सय बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । सिजनका बेला होटल तथा रेष्टुरेन्ट बन्द गर्नुपर्दा व्यवसायीहरु चिन्तित देखिन्छन् । अब पुनः कहिले होटलहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही बताउन नसक्ने व्यवसायीहरुको भनाई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...
सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...
Top