कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लाओसबाट कराँचीका लागि उडान भरेको पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पिआइए) को विमान अवतरणपूर्व नै बस्तीमा खसेको थियो ।

कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भै रहेका बेला विमान चालकले विमानमा समस्या आएको भन्दै टावरलाई जानकारी गराएका थिए । अधिकारीहरुका अनुसार विमान चालकले विमानको दुबै इन्जिनले काम गर्न छाडेको भन्दै आपत्कालीन अवतरणका लागि विमानस्थलको टावरसँग सहयोग मागेका थिए । विमानस्थल टावरले उनलाई आपतकालीन अवतरणका लागि अनुमति दिएपनि उनले विमानलाई विमानस्थलसम्म पु-याउन भ्याएनन् र सो विमान कराँची विमानस्थल नजिकै रहेको एउटा ‘मोर्डन कोलोनी’ नामक बढी आवधिक बस्ती रहेको क्षेत्रमा खस्यो ।

विमान खस्दा पुरै आगोको मुस्लोसहित खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमानमा चालकदलका ८ जना सदस्यसहित कुल ९९ जनाले यात्रा गरेको बिबिसीले उल्लेख गरेको छ । विमानमा रहेकामध्ये ९७ जनाको मृत्यु भएको पुष्टि अस्पतालले गरिसकेको छ । घटनामा परेका दुईजना अहिले सम्मपनि जीवितै रहेको बताइएको छ । उनीहरुमध्ये एकजना यात्रु रहेका छन् । उनीहरुको पनि स्थानीय अस्पतालमा उपचार भै रहेको छ । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले अहिले विमानको ब्लाक बक्सलाई अनुसन्धानका लागि ल्याबमा पठाएका छन् ।

आइतबारको मुस्लिमधर्मावलम्बीको महान पर्व इद पर्वलाई मध्यनजर गर्दै लाओसबाट कराँची आउने स्थानीयलाई लिएर सो विमानले चार्टर उडान भरेको बताइएको छ । कोरोनाको संक्रमणका कारण सिँगो देश लकडाउन गरिएको भएपनि पाकिस्तानमा केहीदिन अघि यहाँको सरकारले विमानलाई भने सञ्चालनका लागि अनुमति दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

२०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...

पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...

चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...

Top