Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०
काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु भएको ‘निसर्ग’ चक्रवात नामको आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् । ‘निसर्ग चक्रवात’ नाम दिइएको सो मौसमी आँधीले नेपालको पूर्वी क्षेत्र , काठमाडौं उपत्यकालगायत सिँगो देशभरमा प्रभाव छाड्नसक्ने बताइएको छ ।

तर देशको पूर्वी क्षेत्रमा यसको प्रभाव बढी देखिने र पश्चिमी क्षेत्रमा प्रभाव विस्तारै कम हुने अनुमान मौसमविद्हरुले गरेका छन् । हिजो भारतबाट शुरुभएको यो मौसमी परिवर्तनले आगामी शुक्रबार तथा शनिबार नेपालका पूर्वी क्षेत्रमा भीषण वर्षा र चट्याङ्को सम्भावना रहेको छ । नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि देखाएको छ । यसको प्रभावले भारतको पुनेमा २ जनाको ज्यान गै सकेको छ भने केही घाइते भएका छन् ।
आँधीको सम्भावित प्रभावलाई मध्येनजर गर्दै भारत पुनेका अधिकांश गाउँलाई खाली समेत गराइएको छ । भारतबाट हिजो शुरु भएको यो मौसमी परिवर्तनको प्रभाव कम्तीमा ४ दिनसम्म जारी रहने मौसमविद्हरुले जनाएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ
२०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...
बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा...
पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….
२०७६ पुष १९ गते शनिबार
काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...
Top