लकडाउनकै बीच भारतीय अतिक्रमण विरुद्ध काठमाडौंमा प्रदर्शन, ३३ पक्राउ

Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार


०९ मे, २०२०
काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको तिब्बतस्थित कैलाश मानसरोबर जाने बाटो बनाएको भन्दै आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । लकडाउनको उल्लंघन गर्दै सत्ताधारी नेकपाका विद्यार्थी संगठनले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले विभिन्न ठाउँबाट ३० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

भारतले एकतर्फीरुपमा नेपालको दार्चुला जिल्लाको लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोबर जानका लागि नेपाली भूमि प्रयोग गरेर बाटो खुला गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गर्दै तत्काल त्यो खारेज हुनुपर्ने माग सहित काठमाडौंमा प्रदर्शन गरेका हुन् । लकडाउनको बेला प्रदर्शनमा उत्रिएर लकडाउन उल्लंघन गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

केही प्रदर्शनकारीलाई भने प्रदर्शनमा सहभागी हुन जाँदै गरेको अवस्थामा काठमाडौंको लैनचौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । लैनचौरमा भेला भएकाहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरी त्यसपछि माइतीघर मण्डलामा भै रहेको प्रदर्शनमा सहभागीता जनाउने तयारी गरेका थिए । पक्राउ परेकाहरुलाई काठमाण्डौंको भृकुटीमण्डलस्थित नेपाल प्रहरी क्लवमा राखिएको छ । भारतीय गृहमन्त्रीले हिजो भिडियो कन्फरेन्समार्फत् सो क्षेत्रमा खनिएको नयाँ बाटोको औपचारिक उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको विभिन्न क्षेत्रमा त्यसको विरोध हुँदै आएको थियो । नेपाली भूमि दार्चुलाको कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत जान भारतले एकतर्फ रुपमा बाटो सञ्चालनमा ल्याएपछि नेपालभित्र त्यसको चौतर्फी आलोचना भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...

Top