Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०
काठमाडौं । भारतले नेपाली भूमि मिचेर चीनको तिब्बतस्थित कैलाश मानसरोबर जाने बाटो बनाएको भन्दै आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । लकडाउनको उल्लंघन गर्दै सत्ताधारी नेकपाका विद्यार्थी संगठनले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले विभिन्न ठाउँबाट ३० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

भारतले एकतर्फीरुपमा नेपालको दार्चुला जिल्लाको लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोबर जानका लागि नेपाली भूमि प्रयोग गरेर बाटो खुला गरेपछि विद्यार्थी संगठनले त्यसको विरोध गर्दै तत्काल त्यो खारेज हुनुपर्ने माग सहित काठमाडौंमा प्रदर्शन गरेका हुन् । लकडाउनको बेला प्रदर्शनमा उत्रिएर लकडाउन उल्लंघन गरेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
केही प्रदर्शनकारीलाई भने प्रदर्शनमा सहभागी हुन जाँदै गरेको अवस्थामा काठमाडौंको लैनचौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । लैनचौरमा भेला भएकाहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरी त्यसपछि माइतीघर मण्डलामा भै रहेको प्रदर्शनमा सहभागीता जनाउने तयारी गरेका थिए । पक्राउ परेकाहरुलाई काठमाण्डौंको भृकुटीमण्डलस्थित नेपाल प्रहरी क्लवमा राखिएको छ । भारतीय गृहमन्त्रीले हिजो भिडियो कन्फरेन्समार्फत् सो क्षेत्रमा खनिएको नयाँ बाटोको औपचारिक उद्घाटन गरेका थिए ।
त्यसलगत्तै नेपालको विभिन्न क्षेत्रमा त्यसको विरोध हुँदै आएको थियो । नेपाली भूमि दार्चुलाको कालापानी, लिपुलेक हुँदै चीनको तिब्बत जान भारतले एकतर्फ रुपमा बाटो सञ्चालनमा ल्याएपछि नेपालभित्र त्यसको चौतर्फी आलोचना भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...
Top