नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी

Best Khabar Team | २०७७ श्रावण १ गते बिहिबार


१५ जुलाई, २०२०
काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा देशभर कुल १ सय ६७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो पछिल्लो २४ घण्टा यता देखिएका कोरोना संक्रमितको नयाँ तथ्यांक हो । यो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या अब विस्तारै घट्ने क्रममा रहेको देखिएको छ ।

मन्त्रालयले आज दिएको जानकारी अनुसार देशभर परिक्षणको क्रम पनि जारी रहेपनि संक्रमितको संख्या भने ह्वात्तै घट्न थालेको छ । भारतबाट आउनेहरुको संख्या निक्कै कम हुने गरेको र देशभित्र पनि अहिले आशिंक लकडाउनको अवस्था रहेकोले पनि संक्रमितको संख्या घट्न थालेको चिकित्सकहरुले जनाएको छ । बाहिरबाट आएकाहरुले पनि क्वारेन्टाइनमै बसेर नियम पालन गरेकोले पनि कोरोना संक्रमण फैलन नपाएको विज्ञहरु बताउँछन् । नेपालमा हालसम्म १७ हजार ३ ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ११ हजार २ सय ४९ भाइरसमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता एक जनापनि संक्रमित भेटिएका छैनन् । यही अवधिमा २ सय १३ जना निको भएर घर फर्केका छन् । सरकारले अहिले जिल्लाभित्र मात्रै गाडीहरु सञ्चालन गर्न अनुमति दिएको भएपनि सीमा नाका तथा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लगाएको छ ।

यद्यपि अत्यावश्यकीय सामान ल्याउन प्रयोग हुने विमान तथा चार्डर उडानहरु भने नियमित छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

२०७७ श्रावण ३१ गते शनिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८...

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ १४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...

Top