उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार


११ जुन, २०२०
सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर अमेरिकाले उत्तर कोरियाली सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका बेला उत्तर कोरियाले यस्तो नगर्न अमेरिकालाई चेतावनी दिएको छ । हालै उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासँगको सबै सञ्चार सम्पर्क विच्छेद भएको घोषणा गरेलगत्तै अमेरिकाले त्यसको विरोध गर्दै विज्ञप्ति निकालेको थियो ।

फाइल तस्वीर : एपी ।

अमेरिकाको यो प्रतिक्रिया आएलगत्तै उत्तर कोरियाले दक्षिण कोरियासँगको सञ्चार सम्पर्क विच्छेद गर्ने कुरा त्तरको नितान्त व्यक्तिगत कुरा भएकोे भन्दै यस्ता विषयमा अनावश्यक रुपमा नबोल्नका लागि अमेरिकालाई चेतावनी दिएको हो । उत्तर कोरियाका विदेश मन्त्रालय अन्र्तगत अमेरिकी मामिलासम्बन्धी महानिर्देशक कोन जोङ गुनले उत्तर कोरियाका गतिविधिमा अनावश्यक चासो लिने र बोल्ने गरेमा आगामी चुनावलाई समेत असर पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरियाली मामलाका बारेमा मौन रहनका लागि अमेरिकी सरकार र राष्ट्रप्रमुखलाई चेतावनी दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेत किम जोङ्ग उलतर्फ इंगित गर्दै गुनले भने –‘ आगामी नोभेम्बरमा सम्पन्न हुन गैरहेको राष्ट्रपतिय चुनाव र शान्त रुपमा सम्पन्न गराउने सोचमा अमेरिका रहेको भए कोरियाको आन्तरिक मामिलामा मौन रहनु उसको हितमा हुनेछ ।’ अमेरिकाको यस्ता गतिविधिले उत्तर कोरियासँगको राजनीति विग्रनुका साथै अमेरिकाको राजनीतिमा पनि गम्भीर असर पर्न सक्ने चेतावनी उसले दिएको छ । आगामी नोभेम्बरमा नयाँ राष्ट्रपति चयनको प्रक्रियामा अमेरिका जुटेकै बेला उत्तर कोरियाले आफूहरुको बारेमा बोल्दा ‘जिब्रो सम्हाल्न’ अमेरिकालाई भनेको हो ।

केहीदिन अघि दक्षिण कोरियाले आफूहरुलाई सत्रुतापूर्ण व्यवहार गरेको भन्दै उत्तर कोरियाले दक्षिणसँगको सबै सञ्चार सम्पर्क विच्छेद भएको घोषणा गरेको थियो । यसको २४ घण्टा वित्न नपाउँदै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति आपत्ति जनाएको थियो । त्यसको जवाफ दिँदै उत्तर कोरियाले अमेरिकालाई आफूहरुको देशको मामिलामा मौन रहन भनेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

२०७९ फाल्गुन २६ गते शुक्रबार

०९ मार्च, २०२३पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...

Top