Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०
कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा देश हो, जहाँ आजसम्म पनि कोरोनाका कारण मानिसहरुले ज्यान गुमाईरहेका छन् । संसारका अधिकांश देशहरुले हवाई, स्थलमार्ग तथा सिमानाका बन्द गरेर कोरोनासँग लड्नका लागि सिँगो देशलाई लकडाउन गरिरहेका छन् । तर महामारी जारी रहेकै बेला युरोपेली मुलुक डेनमार्कले भने प्राथमिक तहका विद्यार्थीहरुको लागि विद्यालय खुल्ला गरिदिएको छ ।
कोरोना महामारीकै बीच विद्यालय सञ्चालन गर्ने पहिलो युरोपेली मुलुक बनेको डेनमार्कले सरोकारवालाहरुसँग प्रयाप्त छलफल गरी विद्यालयको प्राथमिक तह पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । डेनमार्कमा गत फेब्रुअरी २७ तारिखका दिन पहिलो पटक कोरोना संक्रमित भेटिएको थियो ।

त्यो सँगै मार्चको दोश्रो सातादेखि यहाँका विद्यालयहरु बन्द गरिएको थियो । तर कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा नआउँदै डेनमार्कले विभिन्न सुरक्षा साबधानी अपनाएर साना उमेर समूहका बालबालिका अध्ययन गर्ने विद्यालयहरु पुनः सञ्चालनमा ल्याएको हो । यसरी विद्यालय सञ्चालन गरिएका बालबालिकामा १२ वर्ष उमेरभन्दा मुनिका विद्यार्थीहरु रहेका छन् । यसको प्रभावकारितार्लाइ हेरेर भोलिका दिनमा अन्य तह पनि सञ्चालनमा ल्याउने तयारी सरकारको छ । कसरी सञ्चालन गरिरहेको छ त डेनमार्कले कोरोनाकै बीच प्राथमिक तहको विद्यालय ? यहाँ हामीले बिबिसीले उल्लेख गरेको सामग्री र अन्य केही इन्टरनेट खोजबाट तथ्य प्रस्तुत गरेका छन् ।

डेनमार्कमा हालसम्म कोरोनाका कारण ५ सय ३७ जनाको ज्यान गएको छ भने १० हजार ७ सय १३ जना प्रभावित बनेका छन् । आजमात्रै ४६ जना नयाँ संक्रमित थपिएका छन् । डेनमार्कमा हालसम्म ८ हजार ८ सय ५ जनाको सफल उपचार भएको छ भने ३५ जना गम्भीर अवस्थामा उपचाररत छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...
कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...
भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...
Top