काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंको सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती बालकको हिजो स्वाब परीक्षणका गरिएको र आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनको अवस्था सामान्य रहेको छ । यस्तै पर्साका ९ वर्षका बालक, विरगञ्जका १० वर्षका बालक, २३, ४७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका बस्ने २५ वर्षका पुरुष, दाङको तुलसीपुर बस्ने २३, ३६, ३४ वर्षका ३ जना पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको स्थानीय चिकित्सकहरुको निगरानीमा उपचार अघि बढेको छ । उनीहरुको अवस्था सामान्य भएको बताइएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । यस्तै ३७ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

२०७७ फाल्गुन २३ गते आइतबार

०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...

कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो

२०७७ माघ ८ गते बिहिबार

२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

Top