काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंको सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती बालकको हिजो स्वाब परीक्षणका गरिएको र आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनको अवस्था सामान्य रहेको छ । यस्तै पर्साका ९ वर्षका बालक, विरगञ्जका १० वर्षका बालक, २३, ४७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका बस्ने २५ वर्षका पुरुष, दाङको तुलसीपुर बस्ने २३, ३६, ३४ वर्षका ३ जना पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको स्थानीय चिकित्सकहरुको निगरानीमा उपचार अघि बढेको छ । उनीहरुको अवस्था सामान्य भएको बताइएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । यस्तै ३७ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

Top