Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०
दोहो । कतारले कोरोना भाईरसको प्रकोप रोक्नका लागि विश्वका विभिन्न १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कतारले नेपाल, भारत, इराक, इरान, लेबनान, इजिप्ट, चीन, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, फिलिपिन्सलगायतका देशका नागरिकलाई तत्कालका लागि कतारको कुनैपनि भूभागमा प्रवेशमा अस्थायी रोक लगाएको जनाएको छ ।
विशेष गरी कोरोना प्रभावित मुलुक र सोसँग सिमाना जोडिएका खतरापूर्ण देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । यसका अलवा थाईल्याण्ड र सिरियाबाट कतार जाने हवाई यात्रुहरुमाथि पनि अस्थायी प्रतिबन्ध लगाईको छ । कतारमा हालसम्म १५ जनामा कोरोनाको संक्रमण देखिएपछि यसको संक्रमण फैलिन नदिन ती देशका नागरिकलाई तत्काल कतारमा हवाई तथा अन्य माध्यमबाट आउनका लागि रोक लगाईको कतारको सरकारले जनाएको छ ।
कतारले यसअघि इटलीसँगको हवाईसम्पर्क भने तत्कालका लागि स्थगित गरिसकेको छ । कतारले कोरोनाको संक्रमण बढ्न नदिन यस्तो निर्णय गर्नुपरेको यसबाट असहज परिस्थिति प्रति क्षमायाचना समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...
बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...
काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
Top