जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए

Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार


२० फेब्रुअरी, २०२०
बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई छुट्टाछुट्टै शहरमा गएराति भएको गोलीकाण्डमा ज्यान गुमाउनेका संख्या ९ पुगेको छ । यद्यपि केही सञ्चारमाध्यमले भने घटनामा संलग्न आक्रमणकारी र उनकी आमासहित घटनामा ११ जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । जर्मनीको हानाउ सहरमा एक ४३ वर्षका आक्रमणकारीले स्थानीय एक क्लवमा गएराति ११ बजेतिर अन्धाधुन्द गोली चलाएका थिए ।

पहिलो मध्य हानाउस्थित एउटा बारमा गोलीकाण्ड भएको केही समयपछि नै दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो । पहिलो घटना स्थानीय एक शीशाबारमा भएको थियो जहाँ ३ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्को आक्रमणस्थलमा ५ जनाको ज्यान गएको थियो ।

घटनामा घाइते थप एकजनाको पनि ज्यान गएको बताइएको छ । घटनामा संलग्न संदिग्ध आक्रमणकारी र उनकी आमालाई भने उनको घरमा मृत अवस्थामा फेला पारिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

घटनालगत्तै प्रहरीले सो क्षेत्रमा व्यापक सुरक्षा सर्तकता बढाएर आक्रमणकारीको खोजीकार्य तीब्र बनाएको थियो । घटना किन गर्राइको भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...

२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा २० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...

१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको  मृत्यु १०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

२०८२ श्रावण ८ गते बिहिबार

बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...

कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप...

Top