Best Khabar Team | २०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रुअरी, २०२०
बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई छुट्टाछुट्टै शहरमा गएराति भएको गोलीकाण्डमा ज्यान गुमाउनेका संख्या ९ पुगेको छ । यद्यपि केही सञ्चारमाध्यमले भने घटनामा संलग्न आक्रमणकारी र उनकी आमासहित घटनामा ११ जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । जर्मनीको हानाउ सहरमा एक ४३ वर्षका आक्रमणकारीले स्थानीय एक क्लवमा गएराति ११ बजेतिर अन्धाधुन्द गोली चलाएका थिए ।
पहिलो मध्य हानाउस्थित एउटा बारमा गोलीकाण्ड भएको केही समयपछि नै दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो । पहिलो घटना स्थानीय एक शीशाबारमा भएको थियो जहाँ ३ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्को आक्रमणस्थलमा ५ जनाको ज्यान गएको थियो ।
घटनामा घाइते थप एकजनाको पनि ज्यान गएको बताइएको छ । घटनामा संलग्न संदिग्ध आक्रमणकारी र उनकी आमालाई भने उनको घरमा मृत अवस्थामा फेला पारिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

घटनालगत्तै प्रहरीले सो क्षेत्रमा व्यापक सुरक्षा सर्तकता बढाएर आक्रमणकारीको खोजीकार्य तीब्र बनाएको थियो । घटना किन गर्राइको भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...
पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...
Top