Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२०
रोम । युरोपेली मुलुक इटलीमा कोरोना भाइरस (कोभिड १९) ले भयाबह रुप लिन थालेको छ । शनिबार मात्रै नाटकीय रुपमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार मात्रै कोरोनाका नयाँ १ हजार २ सय ४७ जना विरामी थपिएका छन् ।
योसँगै इटलीमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ८३ पुगेको छ । यस्तै शनिबारमात्रै ३६ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । संक्रमितहरु धेरैजसो बृद्धबृद्दा रहेका छन् । उनीहरुलाई बृद्दअवस्थामा हुने अन्य रोगहरुले च्यापेका बेला कोरानाको संक्रमण समेत थपिएको हो ।

विश्व पर्यटनको केन्द्र रहेको इटलीमा कोरोना भाइरसले संक्रमणको रुप लिन थालेपछि अहिले इटलीबाट बाहिरिने र इटली जाने पर्यटकहरुको संख्या ठप्प भएको छ । यसका कारण इटलीको पर्यटन बजार पनि चौपट बनेको छ । कतिपय शहरहरु बन्द गरिएको छ भने विद्यालयहरु पनि २ साताका लागि बन्द छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै
२०८० आश्विन २६ गते शुक्रबार
१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...
Top