युरोपेली मुलुक इटलीमा भयाबह बन्दै कोरोनाको संक्रमण, एकैदिन ३६ को मृत्यु, १२४७ जना नयाँ संक्रमित

Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार


०७ मार्च, २०२०
रोम । युरोपेली मुलुक इटलीमा कोरोना भाइरस (कोभिड १९) ले भयाबह रुप लिन थालेको छ । शनिबार मात्रै नाटकीय रुपमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार मात्रै कोरोनाका नयाँ १ हजार २ सय ४७ जना विरामी थपिएका छन् ।

योसँगै इटलीमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ८३ पुगेको छ । यस्तै शनिबारमात्रै ३६ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । संक्रमितहरु धेरैजसो बृद्धबृद्दा रहेका छन् । उनीहरुलाई बृद्दअवस्थामा हुने अन्य रोगहरुले च्यापेका बेला कोरानाको संक्रमण समेत थपिएको हो ।

विश्व पर्यटनको केन्द्र रहेको इटलीमा कोरोना भाइरसले संक्रमणको रुप लिन थालेपछि अहिले इटलीबाट बाहिरिने र इटली जाने पर्यटकहरुको संख्या ठप्प भएको छ । यसका कारण इटलीको पर्यटन बजार पनि चौपट बनेको छ । कतिपय शहरहरु बन्द गरिएको छ भने विद्यालयहरु पनि २ साताका लागि बन्द छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

२०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...

सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी  पत्रकार सम्मेलनबाटै समातिए सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो बेलायतमा कोरोना : लण्डनमा फेरि अर्का नेपालीको निधन, मृतक नेपालीको संख्या ९ पुग्यो

२०७७ बैशाख ३ गते बुधबार

१५ अप्रिल, २०२० साउथइस्ट । बेलायतमा कोरोनाको संक्रमणबाट अर्का...

Top