कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु

Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार


दुबई शहर र इन्सेटमा स्वर्गीय ढकाल

१०मे, २०२०
दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना संक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । दुबईस्थित गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार पुर्खौली घर नेपालको गुल्मी जिल्ला घर भएका ३९ वर्षका चुडामणि ढकालको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाको संक्रमणमा परेका ढकाल विगत २ सातादेखि अबुधावीको एक स्थानीय अस्पतालमा उपचाररत थिए ।

तर उनको उपचारकै क्रममा शनिबार ज्यान गएको हो । सामान्य अवस्थाका ढकाल विगत १५ वर्षदेखि दुबईमा बस्दै आएका थिए । तर उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा उपचारत थिए । ढकालको परिवारकामा अपांगता भएका छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

उनीहरुको पारिवारिक अवस्था पनि दयनीय रहेको भन्दै उनको परिवारको सहयोगका लागि एनआरएन दुबईले सबैमा अनुरोध समेत गरेको छ । हाल उनको परिवारका सदस्यहरु कपिलबस्तुको बाँडगंगामा बस्दै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु :  देशभर मृतकको संख्या १० पुग्यो पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...

Climate change & it’s effect in Himalayan Region Climate change & it’s effect in Himalayan Region

२०७६ मंशिर २३ गते सोमबार

Kathmandu . Experts fear that these glaciers in the...

बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...

नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन

२०८० आश्विन २७ गते शनिबार

१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...

Top