क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार


१९ मे, २०२०
टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा नाका थप एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । अमेरिका र क्यानडा दुईदेबीच सरकारी स्तरमा भएको सहमति अनुसार आगामी जुन २१ तारिखसम्मका लागि दुबै देशको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडा सरकारले आफ्नो आधिकारिक वेवसाईटमा उल्लेख गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि एक अर्को देशबीचको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि सिमानाका बन्द भएपनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधन तथा त्यसमा खटिएकाा जनशक्तिले निर्वाध रुपमा आफ्नो गन्तव्यमा पुग्नका लागि यात्रा गर्न पाउने उल्लेख गरिएको छ । यसअघि मे १८ सम्मका लागि दुईदेशबीचको सिमा बन्द गर्ने सहमति भएको थियो ।

पछिल्ला दिनमा दुबै देशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि थप १ महिनाका लागि सिमानाका बन्द गर्ने निर्णय भएको हो । गतमार्च मार्च १८ देखि अमेरिका र क्यानडाले पहिलो पटक कोरोनालाई मध्यनजर गर्दै सिमानाका बन्द गर्ने घोषणा गरेको थियो । यद्यपि दुबै देशमा रोकिएर रहेका एक अर्को देशका नागरिकहरुले पनि निर्वाधरुपमा आफ्नो देशमा प्रवेश गर्न पाउने सहमतिपनि दुईदेशबीच भएको छ ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ९२ हजार ८ सय १२ जनाको ज्यान गै सकेको छ भने १५ लाख ६१ हजार ७ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै क्यानडामा भने हालसम्म ७९ हजार ७० जनामा संक्रमण देखिएको छ । ती मध्ये ५ हजार ९ सय ९ जनाको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन

२०७६ पुष १७ गते बिहिबार

०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...

Top