Best Khabar Team | २०७८ जेठ ११ गते मंगलबार
२५ मे, २०२१
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा एकसाताका लागि थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब उपत्यकामा आगामी जेठ २० गते रातीसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाको जनसंख्या, यहाँभित्र देखिएको दैनिक कोरोना संक्रमितको संख्यालगायतलाई आधार बनाएर लकडाउन लब्याइएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



यस्तै यसपटकको लकडाउनमा खाद्यान्न पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइने भएको छ । सरकारको यो निर्णय सँगै अब भोलिदेखि जेठ २० गतेसम्मका लागि काठमाडौंमा खाद्यान्न पसल सञ्चालन गर्न पाइने छैन । तर हरियो तरकारीहरुको विक्री वितरण गर्ने पसलहरुले भने बिहान ९ बजेसम्म मात्रै तरकारी विक्री वितरण गर्न पाउने भएका छन् । यस्तै यसअघि जारी गरिएका सवारी पासहरुसमेत खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु, विवाहलगायतका संस्कारका कार्यहरुमा सहभागी हुनेहरुले भने सरकारी मापदण्डलाई पालना गर्दै सवारी साधन सञ्चालनमा ल्याउन पाउने भएका छन् । यसअघि सरकारले कोरानालाई मध्यनजर गर्दै जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने जरिमानासहित कैद सजायाँ गर्ने जनाइसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै
२०७९ फाल्गुन २६ गते शुक्रबार
१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...
कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...
कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा...
निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला...
Top