बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

Best Khabar Team | २०७६ मंशिर १७ गते मंगलबार


०३ डिसेम्बर, २०१९
काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज दिउँसो भएको भीषण सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा भएको सो दुर्घटनामा परी कुल पुजाका लागि डिँडेका १४ जनाको घटनास्थलमै ज्यान गएको हो । गुल्मीको ईश्मीबाट बाग्लुङ्गको देवीस्थान जादै गरेको ग १ ख ४२१९ नम्बरको जिप आज दिउँसो मध्यपहाडी लोकमार्गको भिमगिठेमा दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा भेला भएका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा । तस्वीर साभार : फेसबुक

सडकबाट सो जिप खोलामा खसेको थियो । स्थनीय देवीस्थानमा कुलपूजामामा सहभागी हुनका लागि जानेहरु चढेको सो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका ४ का बसुन्धरा कार्की, सिता कार्की, माया थापा, भवी कार्की, भूमा कार्की, धनबहादुर कार्की, मिना बस्नेत
गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापाको ज्यान गएको छ । यस्तै, नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २ की भूमा कार्की र बागलुङकै बडीगाड गाउँपालिका ७ की नरमाया खत्रीको पनि सो दुर्घटनामा ज्यान गएको हो ।

सो दुर्घटनामा ज्यान गुमाउने हरु ४ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा बर्दघाटका १८ वर्षका जीवन कार्की, इश्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की घाइते भएका छन् । कुल १८ जना सवार सो जीपमा सवार स्थानीय १५ वर्षका धनबहादुर कार्की वेपत्ता भएका छन् । क्षमता भन्दा बढी यात्रु र तीव्र गतिका कारण जीप दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाली सेनाले उद्दार गरी हेलिकोप्टरबाट काठमाडौंमा उपचारार्थ ल्याएको छ । केहीदिनअघि अर्घाखाँचीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी १७ जनाको ज्यान गएको एक साता वित्न नपाउँदै बाग्लुङ्मा यो दुर्घटना भएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

२०८१ पुष २१ गते आइतबार

०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२ नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै...

Top