काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने क्रममा काठमाडौंको थानकोट नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले फेरि काठमाडौं प्रवेशमा आशिंक रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयले हरेक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश गर्ने यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि विरामी बोकेका वा अत्यावश्यक सेवा प्रवाहमा रहेका सवारी साधन तथा व्यक्तिहरुको हकमा यो नियम लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति निकालेर आज ैसाँझ देखि लागू हुने गरी यो नियम जारी गरेको जनाएको छ । गृहमन्त्रालयले जारी गरेको सूचनामा एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सवारी साधनको हकमा पनि अत्यावश्यक र विशेष अवस्थामा मात्रै पास जारी गर्न र पूर्ण निगरानी बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलगायत सरोकारवालाहरुलाई निर्देशन दिइएको छ ।

गएको साउन ७ गतेदेखि सरकारले देशव्यापी रुपमा लकडाउन खुकुलो पारेसँगै अहिले उपत्यकालगायतका विभिन्न जिल्लामा छोटो दुरीका गाडीहरु निर्वाध रुपमा सञ्चालन भै रहेका छन् । जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढ्न थालेको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार  अब नरोकिने सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...

अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित...

सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...

Top