तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०७७ असार २९ गते सोमबार


१३ जुलाई, २०२०
दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत ३ दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको रिसिङ्ग, म्यादे गाउँपालिका तथा व्यास नगरपालिकाका विभिन्न स्थानमा पहिरोले स्थानीयको घर बगाउँदा १० जना वेपत्ता भएका हुन् । प्राप्त पछिल्लो जानकारी अनुसार व्यास नगरपालिका वडा नम्बर ९ माझफाँटमा ७० वर्षकी मैतकुमारी घर्तीको घर पहिरालेले पुर्दा उनको मृत्यु भएको छ ।

फाइल तस्वीर ।

यता म्याग्दे गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने बेलौतेडाँडामा १७ वर्षकी लक्ष्मी विकको ज्यान गएको छ । माथिबाट खसेको पहिरोले घर भत्कँदा उनको ज्यान गएको प्रहरीको भनाई छ । यस्तै, जिल्लाको रिसिङ गाउँपालिकाको भैंसीकिलेमा पहिरोमा पुरिएर वेपत्ता भएका १० जनाको अवस्था अहिलेसम्म अज्ञात छ । सो घटनामा परी स्थानीय अनबहादुर थापा, भेषबहादुर थापा, नानुमाया थापा, अमिषा थापा, २२ वर्षका महादेव थापा र मनिसरा थापा रहेका छन् । उनीहरु सबै एकै परिवारका रहेको बताइएको छ । यता व्यासको माँझफाँटमा गएको पहिरोमा परी स्थानीय केशरबहादुर थापा, उनकी श्रीमती कमला, छोराहरु मनोज, राजेश र छोरीअन्जना वेपत्ता भएकी छन् । व्यासकै ओह्रालेमा पनि पहिरोमा पुरिएर एकजना वेपत्ता भएको प्रहरीको भनाई छ ।

वेपत्ता भएकाहरुको खोजी कार्यका लागि स्थानीय वासिन्दा तथा प्रहरी घटनास्थलमा खटिएको भएपनि उनीहरु भेटिएका छैनन् । गएको शनिबार रातीदेखि परेको अविरल वर्षात्का कारण गएको पहिरोमा परी तनहुँमा एकदर्जन बढी स्थानमा ठूलो पहिलो गएको छ भने पहिरोले घरहरु बागाउँदा लाखौंको धनमालको क्षति भएको छ ।

पहिरोमा परी घाइते जिल्लाका विभिन्न स्थनका १० जनाको अहिले सदरमुकाम दमौली र डुम्रेका विभिन्न स्थानमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास...

अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको...

जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...

Top