हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार


२४ अप्रिल, २०२०
काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि अन्र्नपूर्ण पदयात्राका क्रममा बेपत्ता भएका एकजनाको शव आज फेला परेको छ । कोरियन नागरिकसहित पोखराबाट अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका धादिङ्गका मेमबहादुर तामाङ्गको शव स्थानीय वासिन्दाले हिँकु केभनजिकै फेला पारेका हुन् ।

पदयात्राका क्रममा गएका तामाङ्गसहित अन्य एक नेपाली र ४ जना कोरियाली पर्यटक एक्कासी गएको हिमपहिरोमा परेर वेपत्ता भएका थिए । सोही घटनामा परेका एक नेपालीको शव गत महिना नै भेटिइसकेको छ । अन्नपूर्णको दक्षिणी मोहडातर्फबाट झरेको हिमपहिरोमा परेर उनीहरु गत माघ ३ गतेदेखि बेपत्ता भएको बताइएको छ । काठमाडौंको पिक गाइड नेपालबाट उनीहरुको टोली अन्नपूर्ण पदयात्रामा निस्केको थियो ।

आज शव भेटिएका पर्यटक हेल्पर तामाङ्गको घर धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ११भएको बताइएको छ । उनीसँगै पदयात्रामा गएका पर्यटक सहयोगी छिरिङ्ग भोटे कोरियाली पर्यटकहरू लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन अहिलेपनि वेपत्ता नै छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

मध्यराति पोखरामा भूकम्पको धक्का मध्यराति पोखरामा भूकम्पको धक्का

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २ पुग्यो नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

Top