Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०
काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि अन्र्नपूर्ण पदयात्राका क्रममा बेपत्ता भएका एकजनाको शव आज फेला परेको छ । कोरियन नागरिकसहित पोखराबाट अन्नपूर्ण आधार शिविरको पदयात्रामा निस्केका धादिङ्गका मेमबहादुर तामाङ्गको शव स्थानीय वासिन्दाले हिँकु केभनजिकै फेला पारेका हुन् ।

पदयात्राका क्रममा गएका तामाङ्गसहित अन्य एक नेपाली र ४ जना कोरियाली पर्यटक एक्कासी गएको हिमपहिरोमा परेर वेपत्ता भएका थिए । सोही घटनामा परेका एक नेपालीको शव गत महिना नै भेटिइसकेको छ । अन्नपूर्णको दक्षिणी मोहडातर्फबाट झरेको हिमपहिरोमा परेर उनीहरु गत माघ ३ गतेदेखि बेपत्ता भएको बताइएको छ । काठमाडौंको पिक गाइड नेपालबाट उनीहरुको टोली अन्नपूर्ण पदयात्रामा निस्केको थियो ।
आज शव भेटिएका पर्यटक हेल्पर तामाङ्गको घर धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ११भएको बताइएको छ । उनीसँगै पदयात्रामा गएका पर्यटक सहयोगी छिरिङ्ग भोटे कोरियाली पर्यटकहरू लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन अहिलेपनि वेपत्ता नै छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...
कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...
Top